|

एकीकृत ने.क.पा (माओवादी) खड्कबनगाई गाउ सम्मेलन सम्पन्न

बुटवल,मंसिर १६  - एकीकृत ने.क.पा (माओवादी) खड्कबनगाई गाउ समितिको सम्मेलन आज सम्पन्न भएको छ ।

 एनेकपा (माओवादी) अवध–मधेश राज्य सम्मेलन आयोजक समिति सदस्य ज्ञान प्रसाद भुर्तेल को प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले चन्द्रमणी कंडेलको अध्यक्षतामा रामकुमार यादव सचिव रहेको १७ सदस्यीय गााउ समिति सर्वसम्मत चयन गरेको छ । जसको सदस्यहरूमा तोयनाथ शर्मा, विष्णु बहादुर सार्कि, सरिता चौधरि, बैजनाथ चौधरि लगायत रहेका छन ।  कार्यक्रमा एनेकपा (माओवादी) जिल्ला सदस्यहरू युवराज पाण्डे, लक्ष्मण खनाल लगायतको उपस्थिति रहेको थियो । गाउ सम्मेलन आयोजक सतिति संयोजक बैजनाथ चौधरिको अध्यक्षता तथा संचालनमा सम्मेलन सम्पन्न भएको थियो ।     

Posted by Butwalonline on 5:54 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एकीकृत ने.क.पा (माओवादी) खड्कबनगाई गाउ सम्मेलन सम्पन्न"

Leave a reply