कपिलवस्तुको पिपरामा दुई दिने नि:शुल्क स्वास्थ्य शिविर शुरु
कपिलवस्तु, १६ मंसिर-कपिलवस्तुको पिपरामा दुई दिने एकीकृत नि:शुल्क स्वास्थ्य शिविर शुरु भएको छ । एकीकृत चिकित्सा विकास संस्था र पिपरा अस्पाल बिकास समितिको संयुक्त आयोजनामा सो शिविर संचालन गरिएको हो ।
शिविरको उद्घाटन गर्दै नेपाली का्रग्रेसका केनिद्रय सदस्य तथा पुर्व सभासद दीप कुमार उपाध्यायले शिविरले गरीव तथा बिपन्न परिवारलाई उपचार गर्न मद्दत मिल्ने बिश्वास ब्यक्त गरे । कार्यक्रममा यनिभर्सल मेडिकल कलेज भैरहवाका प्रमुख एस के मिश्राले शिविरबाट रिफर भएका बिरामीको उपचारमा आफनो संस्थाले ५० प्रतिशत छुट गर्ने घोषणा गरे ।
शिविरमा शिक्षण अस्पताल काडमाण्डौ र युनिभर्सल कलेज गरी ४० बढी चिकित्सकले जााच गर्ने अस्पताल बिकास संस्थाका अध्यक्ष लोकनाथ आचार्यले बताए । शिविरमा सामान्य चिकित्सा, हाडजोर्नी, सामान्य सर्जरी, ल्याव, भिडियो एक्सरे, बालरोग, नाक, कान, आखा, घाटी, बाल रोग, आर्युबेद लगायतका सेवा उपलब्ध रहेको छ । बिरामीलाई निशल्क परामर्श तथा औषधी समेत उपलब्ध गराईने बताईको छ ।