२५ औं अन्तरराष्ट्रिय बिश्व एड्स दिवश मनाईयो
कपिलवस्तु, १६ मंसिर-“शुन्यमा पुर्याऔ : एचआईभी को नया संक्रमण, भेदभाव, एड्स बाट हुने नया मृत्युलाई शुन्यमा पुर्याऔ ” भन्ने नाराका साथ आज कपिलवस्तुमा पनि २५ औं अन्तरराष्ट्रिय बिश्व एड्स दिवस मनाईएको छ । जिल्ला एड्स समन्वय समितिको अगुवाई तथा ढेड दर्जन संस्थाको सहयोगमा जिल्लामा बिबिध कार्यक्रम गरी सो रुपमा दिवस मनाइएको हो ।
दिवसका अवसरमा तौलिवाका ब्यापारीहरुलाई पसल पसलमा गई संघ संस्थाका प्रतिनिधिहरुले प्रतिक चिन्ह रातो रिबन लगाई दिएका थिए । सो अवसरमा कृष्णनगर र ओदारीमा जनचेतनामुलक र्यानली गरिएको थियो । सो अवसरमा तौलिहवा र कृष्णनगरमा जनचेतना मुलक स्टल राखिएको थियो । सो स्टलबाट १० हजार नि:शूलक कण्डम बितरण भएको समितिले जनाएको छ । दिवस कै अवसरमा ओदारी र तौलिहवामा सडक नाटक समेत प्रर्दशन गरिएको थियो । यसै अवसरमा परिवार नियोजन संघले नि: शुल्क रक्त परिक्षण समेत गरेको थियो । समिति अनुसार जिल्लामा हाल सम्म ५ सय ४ जना एचआईभी संक्रमित फेला परेका छन । जसमा ८३ जनाको मुत्यु भई सकेको छ भने संक्रमित मध्ये २८ जना बालबालिका रहेको तथा १ सय २५ जनाले एआरभि सेवा लिई रहेको जिल्ला एडस समन्वय समिती कपिलवस्तुले जनाएको छ ।
दिवस मनाउन तौलिहवा आएकी शान्तिले संक्रमतिहरुको अवस्था दयनिय भएको गुनासो गरिन । आफुहरुलाई सरकारले ठोस सहयोग नगर्दा खान लाउन, शिक्षा दिक्षा, रोजगारीको समस्या भएको उनले बताईन । परिवार र समाजले लागउने भेदभाव र लांक्षनाका कारण जिल्लामा अधिकांस संक्रमितहरु खु:ल्ने आट नगरेको उनको भनाई छ ।