|

प्रतिबद्धको दोश्रो साधारणसभा सम्पन्न

कपिल ज्ञवाली,बुटवल,मंसिर १६-प्रतिबद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल ७ को दोश्रो साधारणसभा बिभिन्न निर्णय पारित गर्दै सम्पन्न भएको छ ।

आज भएको साधारणसभाले शेयरधनीहरुको असामयिक निधन भएमा तत्काल काजक्रिया बापत नगद १० हजार प्रदान गर्ने निर्णय गरेको त्यस्तै गरि आकस्मिक दुर्घटनामा परि निधन भएमा आबश्यक प्रकृया पुऱ्याएरमा दुर्घटना बिमा बापतको नगद १ लाख उपलब्ध गराउने निर्याय गरेको छ ।

त्यस्तै गरि कार्यसमितिमा पनि हेरफेर गरेको छ । रिक्त रहेको उपाध्यक्ष पदमा माधब ढकाललाई नियुक्त गरेको छ भने सदस्यहरुमा कृष्णबन्धु अर्याल र राजेन्द्र घिमिरेलाई मनोनित गरिएको छ ।यसअघि भएको साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सहकारीहरुलाई गुणात्मक बिकास गर्नुपर्नेमा जोड दिनुभयो । उहाले सहकारीमा प्रबेश गर्ने जो कोहिलाई पनि आबश्यक प्राथमिक तहको सहकारी ज्ञान वा तालिम दिएर मात्र प्रबेश गराएमा सहकारीहरु सहजै लक्ष्यमा पुग्न सक्ने बताउनुभयो ।सहकारीका अध्यक्ष बिष्णु पुरीको अध्यक्षता तथा सचिब हेमलाल घिमिरेको संचालनमा भएको कार्यक्रममा मिसन बैंकका कार्यकारी अधिकृत हरि प्रसाद घिमिरे,गुरास ईन्स्योरेन्सका क्षेत्रिय प्रमुख कृष्णबन्धु अर्याल,जागृती बहुउद्धेश्यीय सहकारीका अध्यक्ष भोजराज पाण्डे,उपाध्यक्ष रिखिराम भट्टराई, लगायतले बोल्दै सहकारीलाई समय सान्र्धबिक बनाउदै सामाजिक काममा सक्रिय बनाउनुपर्नेमा जोड दिएका थिए ।

सो अबसरमा अध्यक्ष पुरीको बार्षिक प्रतिबेदन, सचिब घिमिरेको प्रतिबेदन तथा कोषाध्यक्ष लक्ष्मण गैरेको प्रतिबेदन पारित गरिएको थियो । १ सय २७ शेयर सदस्य रहेको सहकारीको असार मसान्त सम्मको शेयर पूंजि  २५ लाख ४० हजार रहेको छ भने कुल पूजि ५७ लाख ९१ हजार ७ सय ९२ रहेको छ  । सहकारीले कम्प्यूटर सफ्टवेयर,दैनिक बचत घरदैलो कार्यक्रम,हायरपर्चेजमा लगानी लगायतका कार्यपनि शुरु गरेको अध्यक्ष बिष्णु पुरीले जानकारी दिनुभयो ।

Posted by Butwalonline on 5:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्रतिबद्धको दोश्रो साधारणसभा सम्पन्न"

Leave a reply