सामाजिक स्रोत विकास केन्द्रको वार्षिक साधारण सभा सम्पन्न
मुक्तिप्रसाद न्यौपाने,पौष १४, पाल्पा,हरेक नागरिकको स्वाभिमान, सामाजिक जवाफदेहिता हाम्रो अभियान भन्ने नाराका साथ सामाजिक स्रोत विकास केन्द्र नेपालको २० औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशन तानसेनमा शुरु भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं निमित्त जिल्ला विकास अधिकारी भिमार्जुन पाण्डेले गैरसरकारी संघसंस्थाहरुको प्रयासबाट नेपालमा ठूलो परिवर्तन भएको उल्लेख गर्दै आमसचेतीकरणका लागि नागरिक शिक्षाका अभियानहरु सञ्चालनमा जोड दिने बताउनुभएको छ । उहााले विकासको मूलधारलाई अगाडी बढाउनकोलागि ग्रामीण क्षेत्रका समुदाय अझ सशक्त बन्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै जिल्लाका विभिन्न राजनीतिक दलका नेताहरु तथा वरिष्ठ पत्रकार मेघराज शर्मा लगायतले सार्वजनिक स्रोतमा नागरीकको सहज पहुाचमा वृद्धि गर्नकालागि सामाजिक स्रोत विकास केन्द्रजस्ता गैरसरकारी संघसंस्थाहरुले लक्षित जनसमुदायलाई मध्यनजर राखेर कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका थिए ।
सोही अवसरमा केन्द्रका टिमलिडर चोपलाल गिरीले वार्षिक प्रगती प्रतिवेदन पेश गर्दै स्वास्थ्य, शिक्षा, कृषि तथा वातावरण जस्ता समुदायसाग प्रत्यक्ष सरोकार रहने सार्वजनिक सेवाहरुबाट गुणस्तरीय सेवा प्राप्त गर्न नागरिकलाई शसक्तिकरण गर्नकोलागि संस्था लागिपरेको बताउनुभयो । टिमलिडर गिरीले समावेशी संरचना र लोकतान्त्रिक शासनबाट संस्थागत विकासमा अनुकरणीय बन्दै लोकतान्त्रिक समाज निर्माणको अभियान संचालन गर्न संस्थाले नेतृत्वदायी भुमिका खेल्ने समेत बताउनुभएको थियो ।
संस्थाले स्थानीय साशन प्रवद्र्धन, आयआर्जन, ग्रामीण खानेपानी तथा सरसफाई, सामाजिक सेवा जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष कोशलराज घिमिरेको अध्यक्षता र बिष्णुप्रसाद कडेलको सञ्चालनमा सम्पन्न भएको थियो । आइतबार सम्पन्न हुने कार्यक्रमले नयाा नेतृत्व चयन गर्ने बताइएको छ ।