|

सचिवहरुको एकदिने पुनर्ताजगी तालिम सम्पन्न

बुटवल, मंसिर २९ । रुपन्देही जिल्लालाई २०१७ समम्म खुला दिशामुक्त अभियान अन्र्तगत खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्धनको लागि रुपन्देहीका दुईवटा नगरपालिकाका वडा सचिव र ६९ वटा गा.वि.स.का सचिवहरुको एकदिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ ।खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय योगिकुटीको आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो । खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयका प्रमुख नन्दलाल बन्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा ईन्जिनियर धु्रव धिताल, रुपन्देही जिल्ला जिल्ला विकास समितिका योजना अधिकृत गिरिराज शर्मा, एलविसिडिपीका का कार्यक्रम संयोजक सन्तोष पन्थी, बु.न.पा का सामाजिक विकास अधिकृत डोलराज पोडैल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालयका डिभिजन प्रमुख बन्जाडे, ईन्जिनियर धिताल र प्राविधिक ईश्वरी प्रसाद आचार्यले सहजीकरण गर्नु भएको थियो । रुपन्देही जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला वनाउन टेवा पुग्ने विभिन्न आठवटा संकल्प प्रस्तावहरु पारित गरिएको थियो । जसमा कर्मचारी,शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, स्थानीय राजनैतिक दल,तथा उपभोक्ता समितिका पदाधिकारीहरु समेतलाई चर्पी वनाउन अनिवार्य गराउने र
सिद्धार्थ नगरपालिका र बुटवल नगरपालिकाका वडा र गा.वि.स.हरुमा सरसफाईको प्रगति र अनुगमनको लागि एउटा छुट्टै सरसफाई डेस्क खडा गर्ने लगायतका रहेका थिए ।

Posted by Butwalonline on 7:34 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सचिवहरुको एकदिने पुनर्ताजगी तालिम सम्पन्न "

Leave a reply