देश अब ताजा जनादेशमा जानुको विकल्प छैन अध्यक्ष खनाल
किरणमान बज्राचार्य,कपिलवस्तु , २९ मंसिर-नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले माओवादीले मधेशी मोर्चाको वैशाखीको भरमा सत्तमाकम टिकी रहन खोजेको आरोप लगाउनुभयो । उहाले मधेशवादी दलकै भरमा एमाले र कांग्रेसलाई माओवादीले सहमतिको नााउमा भ्रममा पार्दै आएको दाबी गर्नुभयो । देश अब ताजा जनादेशमा जानुको विकल्प नरहेको र त्यसका लागि सहमतिय सरकार अपरिहार्य भएको उहाको भनाई छ । “माओवादीले सहमतिलाई लत्याउदै पटक पटक मधेशवादी दलको बैशाखीको सहारामा देश हाक्ने दुस्साहस गर्दै छ” उहाले भन्नुभयो । “यस्तै रहे आफु पनि र्दुघटनमा पर्छन देशलाई पनि पार्छन्” ।
नेकपा एमाले कपिलवस्तुको आठौ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका खनालले दलीय सहमतिमा नयाा निर्वाचन वैशाख भित्रै गनर् ुपन दोहरयाउनुभयो तर माओबादी रवैयाका कारण बैशाखमा चुनाप हुने संभावना क्षीण हुदै गएको बताउनु भयो । “त्यसका लागि कुनै पनि हालतमा पुस पहिलो साता भित्रै सहमतिय सरकार गठन हुनुपर्छ” उहाले भन्नुभयो । अध्यक्ष खनालले राष्ट्रपतिले तीन पटक सम्म दिएको म्याद सकिनुमा माओवादी नै बाधक भएको बताउनुभयो । आफु लगायत कांग्रेस समेत लगातार सहमतिय पक्षमा रहदा पनि विभिन्न बखेडा खोजेर माओवादीले सहमति गर्न नखोजेको उहाले बताउनुभयो । देशलाई संकटग्रस्त बनाउनमा माओवादीको ठूलो हात रहेको आम नेपाली जनताले बुझिसकेको हुदा माओवादी अबको ताजा निर्वाचनमा जान डराएको जिकिर गर्नुभयो । चुनावमा जान डराएर अनेक बहाना बनाउदै माओवादी सत्तामा जुका टासिए झै टासि बसकेको अध्यक्षक खनाललको भनाई छ । उहाले अबको संविधानसभाको निर्वाचनमा एमाले देशकै पहिलो ठूलो पार्टी हुने दाबी गर्दै त्यसको आधार तयार गर्न आफ्ना कार्यकर्तालाई सक्रिय भई लाग्न निर्देशन समेत दिनुभयो । अध्यक्ष खनालले मधेश प्रति एमाले मधेशवादी दल भन्दा बढि गम्भीर भएको बताउनुभयो । नेपालको पशुपतिनगर देखि कालापानी सम्मको सीमा भारतीय पक्षले मिच्दा सबै भन्दा पहिले एमालेले त्यसको प्रतिकार गरेको दाबी गर्नुभयो ।
उहाले देशलाई अग्रगामी दिशामा लैजान एमाले एक ढिक्का भएर अघि बढ्नुपर्ने र आम नेपालीको समेत यहि चाहना भएको दोहरयाउनुभयो । कार्यक्रममा एमाले नेता प्रदिप ज्ञवाली केन्द्रिय सदस्य वैद्यनाथ चौधरी तथा ठाकूर गैरेले समेत बोल्नुभएको थियो । कार्यक्रमका अध्यक्ष तथा जिल्ला प्रमुख बलराम अधिकारीले अधिवेशन दुई दिन सम्म चल्ने र त्यसले नयाा कार्यसमिति चयन गर्ने जानकारी दिनुभयो । अधिवेशनका लागि जिल्लाका ७७ गाविस तथा १ नगरपालिका बाट २ सय ६५ प्रतिनिधि बन्द सत्रका लागि सहभागी भएका छन् ।