|

बेमौसमी तरकारी तथा च्याउ खेती तालिम संपन्न

कपिलवस्तु, ३० मंसिर,जिबिसको स्थानीय बिकास कोषले बेमौसमी तरकारी र च्याउ खेती तालिम संपन्न गरेको छ । कपिलवस्तु स्थित नगरपालिका – १२ र वासाखोर गाविसको विमिहामा गरी दुई ठाउामा संचालन गरिएको चार दिने वेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ ।

जिल्ला कृषि विकास कार्यालय संगको सहकार्यमा जिविस, कोषले सो तालिमहरु संचालन गरेको थियो । नेपाल सरकार मार्फत संचालित गरीव संग विश्वेस्वर कार्यक्रम अन्तरगत अति विपन्न ५० घरधुरीका व्यक्तिहरु सो तालिमबाट लाभान्वीत भएको कोषले जनाएको छ । ५० जना मध्ये १८ जना महिलाहरु सहभागि भएको सो तालिममा कृषि विकास कार्यालयका प्रमुख लगायत विभिन्न विषयका अधिकृतहरुले सहजिकरण गर्नु भएको थियो । तालिममा सिकेको कुराहरुलाई अन्तिम दिनमा फिल्ड अभ्यास समेत गराइएको थियो । जसमा माटोको अवस्था र उपचार देखि नसर्री व्याड वनाउने र विउ छर्न समेत सिकाइएको कुरा कार्यालय प्रमुख खुर्सेद अहमद खााले बताउनु भयो ।

त्यस्तै समाज परिचालन अन्तरगत  वरकलपुर र मोतिपुर गाविसको नागरिक सचेतना केन्द्रको मागमा इमिलिया र चप्परगाउामा समेत दुई दुई दिने च्याउ खेति तालिम गरिएको थिया । दुवै केन्द्रमा गरि ४९ जना महिला र ८ जना पुरुष सहभागि भएका थिए ।  पहिलो दिन च्याउको जात, मौसम, लगाउने विधी र रोग निवारणको वारेमा जानकारी गराइएको थियो भने दोस्रो दिन च्याउ लगाउने अभ्यास समेत गराइएको थियो । सेवा केन्द्र स्तरबाट सहजिकरण गराइएको सो तालिम पश्चात अनुदानमा विउ समेत उपलव्ध गराएर व्यवसायिक खेति तर्फ उन्मुख गराउने कुरा कार्यालयले जानकारी गराएको थियो ।

समुहमा आवद्ध अति गरीवहरुलाई दिइएको सो तालिमले तिनिहरुको आय आर्जनमा सहयोग पुग्ने कोषका कार्यककारी सचिव निरंजन पौडेलले बताउनु भयो । कृषि विकास कार्यालयले नै सहजिकरण गरेकोले ति सहभागिहरुको कृषि कार्यालय संग सम्वन्ध र पहुाच समेत वृद्धि हुने सोचले सो तालिमको आयोजना गरिएको कार्यकारी सचिव निरन्जन पौडेलको भनाई छ ।

Posted by Butwalonline on 5:52 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बेमौसमी तरकारी तथा च्याउ खेती तालिम संपन्न"

Leave a reply