|

तौहिलवा उद्योग बाणिज्य संघद्धारा दैवी प्रकोप राहत कोष स्थापना

कपिलवस्तु, ३० मंसिर,तौहिलवा उद्योग बाणिज्य संघले दैवी प्रकोप राहत कोष स्थापना गरेको छ । ब्यपारीहरुको हक हीतलाई मध्य नजर गर्दै दैवी प्रकोपबाट पीडीत ब्यपारीलाई राहत दिनका लागि संघले कोष स्थापना गरेको हो ।

कोषको स्थापनालागि संघले ब्यापारीहरुसंग सहयोग समेत संकलन गरेको छ । हालसम्म ५० हजार बढी रकम कोषमा जम्मा भएको संघका सदस्य अर्जुन चापागाईले बताउनु भयो । सहयोग संकलन गरी कोषमा थप रकम जम्मा गरिने उहााले बताउनु भयो ।

उता एक महिना अघि चौक बजारमा आगलागीबाट आफनो कसमेटिक पसलमा लाखौ रुपैयाको सामान नष्ट भएर पीडीत भएका क्यपारीले आफुलाई संघले हालसम्म कुनै सहयोग नगरेको गुनसो गर्नु भयो ।

Posted by Butwalonline on 5:58 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तौहिलवा उद्योग बाणिज्य संघद्धारा दैवी प्रकोप राहत कोष स्थापना"

Leave a reply