ढेड हजार कृषक परिवारद्धारा तरकारी खेतीबाट मनग्य आम्दानी
किरणमान बज्राचार्य,कपिवलवस्तु, ३० मंसिर-कपिलवस्तुका ढेड हजार कृषक परिवारहरु तरकारी उत्पादन गरी मनग्य आम्दानी गरीरहेका छन् । जिल्लाका आठ गाबिस र नगरपालिका गरी ढेड हजार कृषकहरु यति बेला आफुले उत्पादन गरेका बिभिन्न तरकारीहरुबाट राम्रो आम्दानी गरीरहेका हुन ।धान, गहु खेती गरेर घर खर्चका लागि मात्र तरकारी खेती गर्दै आएका उनीहरुले अहिले ब्यवसायिक तरकारी खेती गरी लाखौ आम्दानी गरेको बताएका छन् । कोपवा, निग्लिहवा, तिलौराकोट, धनकौली, बुढ्ढी, बासखोर, नन्दनगर, र कपिलवस्तु नगरपािलमा यु.एस.एड.को सहयोगमा कपिलवस्तु ईन्ट्रीगेट सर्भिसेज (किड्स) नामक संस्थाको पहलमा ग्रमीण सम्बृद्धिका लागि बजार पहुाच कार्यक्रा लागु भए पछि आफुहरु ब्यवसायिक तरकारी खेती तर्फ उन्मुख भएको कृषकहरु बताउछन् । ती गाबिसहरुमा सो कार्यक्रम अन्र्तगत कृषक समुह गठन गरी तरकारी खेतीका लागिर् तालिम लगायतका प्राबिधिक सहयोग गरे पछि तरकारी खेती तर्फ आकर्षित भएको उनीहरु बताउछन् ।
ब्यवसासियक तरकारी खेती गरी यस बर्ष मात्रै एक लाख बढी आम्दानी गरेका तिलौराकोट गाबिसका अगुवा कृषक बिष्णु बढईले तरकारी खेती आफनो लागि बरदान भएको बताउनु हुन्छ । “ यस अघि धान र गहाको खेती गरी घरको लागि मात्र थारै तरकारी उत्पादन गथ्र्यौ, तर अहिले यसबैबाट बार्षिक लाख रुपेया बढी आम्दानी हुने गरेको छ । ” बढईले गर्वका साथ भन्नु भयो । भाडा र निजी जग्गा गरी २० कठ्ठामा तरकारी खेती गर्नु भएका उहााले आफुहरुलाई उत्पादीत तरकारीको बजारको समेत समस्या नभएको बताउनु भयो । उत्पादीत तरकारी बुटवल, अर्घाखाची, तौलिहवा लगायतका ब्यापारीहरु किन्नका लागि घर मै आउने गरेका उहाले बताउनु भयो । तिालौराकोट– ५ रुधौलामा सो कार्यक्रम अन्र्तगत दिप ज्योति कृषक समुह समेत गठन भएको छ । जसको अगुवा समेत बढई नै हुनु हुन्छ । समुहका २४ सदस्यले नै सामुहिक र ब्यक्तिगत तरकारी खेती गरी आम्दानी गरीरहेका छन् ।
तिलौराकोट मात्र हैन सो कार्यक्रम संचालनभएको गाबिसहरुमा समेत अहिले ब्यवसायिक तरकारी खेती गर्ने लहर नै चलको छ । ती गाबिसहरुमा कृषकहरुले गोभी, बन्दा गोभी, भान्टा, लौका,, करेला, बोडी, काक्रो लगायत १० जातका तरकारी उत्पादन गरेका छन् । एक सय ७५ हेक्टर क्षेत्रफलमा लगाएको तरकारीबाट दुई हजार छ सय मेट्रिक टन तरकारी उत्पादन भएको किड्सले जनाएको छ ।
कृषकहरुलाई नर्सरी, प्राङ्गगारिक मल, बेर्ना सार्ने, पोष्ट हार्वेष्ट, खाद्य तत्व ब्यवस्थापन, एकीकृत शत्रु जीव ब्यव्सथापन र बाली संरक्षणका बिषयमा तालिम, बेर्ना, २५ स्यालो टियुवेल प्रदान गरिएको सस्थाका अध्यक्ष कृष्ण द्धिवेदीले बताउनु भयो । कृषकहरुलाई जिल्ला तथा क्षेत्रीय ब्यपारी, एग्रोभेट, कृषि प्राविधकसंग प्रत्यक्ष भेटघाट गराएर संबन्ध स्थापित गराईएकाले कृषकहरुलाई सजिलो भएको उहााले बताउनु भयो । सो कार्यक्रम अन्र्तगत निग्लिहवा गाबिसको पचेहरामा हाट बजार र संकलन केन्द्र तथा बुढ्ढी गाबिसमा हाट बजार संचालन गरिएको बताईएको छ ।
फोटो बिवरण : कपिलवस्तुको तिलौराकोट गाबिस– ५ बर्मेलीमा उत्पादन भएको गोभी देखाउदै अगुवा कृषक बिष्णु बढइ ।
तस्बिर : किरणमान बज्राचार्य
Posted by Butwalonline
on 6:05 PM. Filed under
Local News,
News,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response