|

वृद्धाश्रम निर्माण र अनाथ बाल बालिकाको लागी धनधन्याञ्चल महायज्ञ गरिदै

राधेश्याम बिश्वकर्मा,भैरहवा, मंसिर ३०/वृद्धाश्रम निर्माण र अनाथ बाल बालिकाको लागी प्राथमिक तह सम्म निशुल्क आवसिय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ रुपन्देहीको छिपागढ ३ मा श्री रुद्र प्राण प्रतिष्ठा धनधन्याञ्चल महायज्ञ यहि पौष २ गते देखि शुरु हुदैछ ।

भैरहवा भुमही सडक खण्डको छिपागढ ३ सेमरहवामा रहेको शिव मन्दिर बगैचा कुटीमा ११ दिन सम्म चल्ने उक्त यज्ञमा भैरहवा, बुटवल, खैरेनी लगायत भारतका समेत गरि करिब पाच लाख भक्तजनले अवलोकन गर्ने र करिब पाच करोड रुपैया यज्ञबाट संकलन हुने आयोजकले अपेक्षा राखेका छन ।

निर्माणधिन शिव मन्दिरको पूर्णता र नैतिक मूल्य मान्यता सामाजिक आचरण एवम वृद्ध वृद्धाहरु प्रति सम्मान, बिश्वास र कृतज्ञतामा अभिवृद्धि का लागी यज्ञ आयोजन गर्न लागिएको यज्ञ आयोजकका मञ्च ब्यावस्थापन संयोजक देवेन्द्र पाण्डेले जनाएका छन । यज्ञ सम्पादनको लागी छ सय एक सदस्यीय मूल आयोजक समिति र बिभिन्न २९ वटा उपसमितिहरु समेत गठन गरको आयोजकले एक प्रेस बिज्ञप्ति जारी गरि जानकारी गराएको छ ।

शिव मन्दिरका पूजारी दिवंगत माधव गिरी (नागा बाबा) ले परिकल्पना लाई मूर्त रुप दिन यज्ञ आयोजन गर्न लागेको प्रचार प्रसार सयोजक पशुपति यादवले बताएका छन । पौष २ गते महायज्ञको उदघाटन मुक्तिीनाथ पिठाधिस स्वामी कमल नयनाचार्य गर्ने सो अवसरमा जानकारी गराइएको छ ।

बैदिक सनातन धर्म सेवा समिति सिद्धार्थनगरले महायज्ञलाई सफल बनाउन सहयोग गर्नको लागी आ८नो संस्था सदैव तत्पर रहने समितिकी अध्यक्ष मिना श्रेष्ठले बताईन ।

Posted by Butwalonline on 5:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वृद्धाश्रम निर्माण र अनाथ बाल बालिकाको लागी धनधन्याञ्चल महायज्ञ गरिदै "

Leave a reply