दुई यात्रु बस एक आपसमा जुध्दा एक जनाको मृत्यु
लहान, कातिक २३ - पूर्व पश्चिम राजमार्गको सप्तरी पनसेरा ७ मा आज बिहान दुई यात्रु बस एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बस चालक रहेका छन्। १३ यात्रु घाइते भएका छन्। काठमाडौंबाट काकडभिटा गइरहेको ना ४ ख ४७३५ र राजविराजबाट जनकपुर जाँदै गरेको ना ४ ख ६६३३ नम्वरको बस आपसमा जुधेका थिए।
राजविराज ८ निवासि ना ४ ख ४७३५ वसका चालक रामचन्द्र गुप्ताको मृत्यु भएको सप्तरी ट्राफिक प्रमुख मधु थापाले बताए।बिहान ४ बजे काठमाडौंबाट काकडभिटा जाने बसको चालक परिवर्तन भई कुमार लिम्वुले बस चलाएका थिए,' प्रत्यक्षदर्शी यात्रीलाई उद्धृत गर्दै थपाले भने, 'पनसेरा नजिक यात्रु ओराल्न रोकिएको बसलाई ओभरटेक गरी अगाडि बढाउँदा अगाडीबाट आइरहेको बससँग ठोकिएर दुर्घटना भएका हो।'
मृतक चालक गुप्ताको शव लहान अस्पतालवाट राजविराज अस्पताल लगेर पोस्टमार्टम गर्ने तयारी भैहरहेको छ। घाईते १३ जनालाई लहान स्थित फ्रेन्ड्स मोडेल अस्पतालमा प्राथमिक उपचार पछि सात जनालाई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। अन्यको यहीँ उपचार भैरहेको छ।
घाइते सवैको स्वास्थ्य अवस्था गम्भीर रहेकाले रेफर गरिसकिएको अस्पताल प्रशासनले जनाएको छ। प्रहरीले भने, एम्वुलेन्स अभावमा रेफर घाइतेलाई लग्न नसकिएको जनाएको छ।
स्रोत :नागरिक न्यूज