अर्घाखाँचीमा अन्तराष्ट्रिय रेसलिङ प्रतियोगिता हुने
अर्घाखाची, कात्तिक २१ – अर्घाखाँचीमा अन्तराष्ट्रिय रेसलिङ प्रतियोगिता हुने भएको छ । सदरमुकाम सन्धिखर्कमा रहेको टुँडिखेलमा आउँदो मंसीर १६ गते अस्ट्रेलियाका सुपरस्टार हार्टली ज्याको ज्याक्सन र नेपालका अन्तराष्ट्रिय रेस्लर भरतबहादुर विशुरालले प्रतिस्पर्धा गर्ने छन् ।
विजयी हुने खेलाडीलाई च्याम्पियनसीप टाईटल वेल्ट र नगद दुई लाख रुपैयाँ प्रदान गरिने आयोजकले जनाएका छन् । नेपाल पर्यटन खेलकुद संघको आयोजना र अर्घाखाँची युवा परिसद्को सह आयोजनामा प्रतियोगिता हुन लागेको हो ।संघका केन्द्रीय अध्यक्ष पृथ्वी थापाका अनुसार प्रतियोगितामा पहिलो नेपाली महिला रेस्लर भगवती खड्का (युनिका) र अमेरिकाकी द ग्रेट चेन्ने आल्माले पनि प्रतिस्पर्धा गर्नेछन् । जापानका रेस्लरहरु पनि सहभागी हुनेछन् ।प्रतियोगिताको सुरुमा भक्तपुरका महेस कोजु र काठमाडौंका नसिङ गोपालीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सहभागी हुन विदेशी रेस्लिङ कम्पनीका प्रमुख तथा रेस्लरहरु मंसीर १३ गते नै नेपाल आइपुग्नेछन् ।