कार्कीको निधन भएको नबौ दिनमा शोक सभा सम्पन्न
लक्ष्मण सुधा,बुटवल । कार्तिक २१ - नेपाली कांग्रेस शंकरनगर गाउ समितिका सचिव ढालबहादुर कार्की तथा रुपन्देहीका पूर्व स्थानीय बिकास अधिकारी ताराबहादुर कार्कीका पिता हिराबहादुर कार्कीको निधन भएको नबौ दिनको दिन नेपाली कांग्रेस शंकरनगर गाउ समितिले मंगलबार शोकसभाको आयोजना ग¥यो । शोक सभामा बोल्ने कांग्रेस नेता तथा कार्यकर्ताहरुले प्राजातान्त्रिक योद्धा कार्कीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउदै उनको निष्ठ, सिद्धान्त र कार्यकुशलताको अनुशरण गर्दै अगाडी बढ्न सकेमा स्वार्गीय कार्की प्रति सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गरेका थिए ।
शंकरनगर गाउ समितिका सभापति कृष्णबहादुर गौतमको सभापतित्वमा भएको शोक सभामा नेपाली कांग्रेस ३ नम्बर क्षेत्रका सभापति रामबहादुर खत्री, जिल्ला सदस्य प्रेमनारायण खरेल, समाजसेबी जयबहादुर भण्डारी, क्षेत्रीय प्रतिनिधी बाबुराम अधिकारी, गाउ समिति सचिव माधवलाल देवकोटालगायतले शोक मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वर्गीय कार्कीका नाति ज्ञानेन्द्र कार्कीले स्वर्गीय कार्कीको जीवनमाथि प्रकाश पारेका थिए । कार्कीको कार्तिक १३ गते ८१ वर्षको उमेरमा निधन भएको थियो । कार्कीका एक श्रीमती, एक छोरी र ५ छोरा रहेका छन्