कस्तुरीको बिनासहित १ पक्राउ
प्यूठान, कात्तिक २१ कस्तुरीको बिना ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले प्यूठानको स्याउलीवाङ–१ का नरबहादुर पुनलाई पक्राउ गरेको छ । पुनलाई कस्तुरीको बिना २ तोला ६१ लाल सहित खवाङ–४ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुङ बाहानेले जनाएको छ ।
बन मुद्दा अन्तर्गत छानविनका लागि पुनको फाइल जिल्ला वन कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव निरीक्षक रामबहादुर महतराले बताउनुभयो ।
कस्तुरको बिना ओसार पसार तथा विक्री वितरण गर्नु कानुन विपरितको काम हो । यस्तै काम गर्नेलाई बन ऐन अन्तर्गत ५ देखि १५ वर्ष कैद सजाय र २५ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था छ ।