रोकिराखेको ट्रयाक्टर चलाउँदा बालकको हात भाँचियो
बाग्लुङ, कात्तिक २१ - बाग्लुङ नगरपालिका ३ गुठीमा ६ वर्षिय बालकले रोकी राखेको ट्रयाक्टर चलाउँदा हात भाँचिएको छ भने एक घरमा क्षति पुगेको छ । सडक बीचमा रोकि राखिएको ध १ त १३ नम्बरको ट्रयाक्टर चलाउदा घाईते भएका ६ बर्षिय बालक बिदेश किसानको धौलागिरी अञ्चल अस्पतलामा उपचार भैरहेको छ ।
ट्रयाक्टर घरमा ठोक्किँदा स्थानीय डिलबहादुर बोहोराको घरको बायाँ भागको गारो भत्किएको छ । ट्याक्टर जिल्ला विकास समितिको भवनबाट माटो लिएर व्यवस्थापनको लागि लगिएको थियो ।
ट्रयाक्टर बाटोमा रोकेर चालक जीवन सूनार माटो व्यवस्थापनको लागि खाली ठाउँ हेर्न गएको समयमा बालकले ट्रयाक्टर चलाएको प्रत्यक्षदर्शी चेतराम चर्मकारले बताउनुभयो ।