विदेशमा रहेका नेपालीले अबको चुनावमा पनि मतदान गर्न नपाउने
काठमाडौं, कात्तिक २१ – रोजगारीका लागि विदेशमा रहेका नेपाली नागरिकले अब हुने चुनावमा पनि भोट दिन नपाउने भएका छन् । आयोगले गठन गरेको कार्यदलले थुप्रै समस्या हुने भन्दै तत्काल मतदान प्रकृयामा सहभागी गराउन नसकिने सुझाव दिएपछि विदेशमा रहेका नेपाली नागरिक मतदानबाट बञ्चित हुने भएका हुन् ।
निर्वाचन आयोगले पाँच वर्षे रणनीतिक योजना बनाएर ओभर सी भोटिङ गर्ने निर्णय गरेको थियो । तर निर्वाचन आयुक्त दोलख बहादुर गुरुङ्ग र अयोधी प्रसाद यादव तथा आयोगका तत्कालीन सहसचिव शारदा प्रसाद त्रितालको नेतृत्वको टोलीले थाइल्याण्ड, फिलिपिन्स र दक्षिण कोरियामा गरेको अध्ययनले अहिले भोट दिलाउन सम्भव नभएको ठहर गरेको हो ।