अहिलेको राजनीति निकासका लागि बाधक एमाओवादीः गुरुङ
चितवन, कार्तिक २१ - नेकपा-माओवादी सचिव देव गुरुङले राजनीति निकासका लागि सबैभन्दा बाधक एमाओवादी भएको आरोप लगाएका छन् । सत्ता नछोड्ने र सहमतिका कुरा गर्दै झुटको खेती एमाओवादीले गर्योे, क्रान्तिकारी पत्रकार महासंघले मंगलबार भरतपुरमा गरेको पत्रकार भेटघाटमा उनले भने, 'एकलौटी सत्ता चलाउन एमाओवादीले सबैलाई गुमराहमा पार्दैछ ।' बाबुराम भट्टराईले प्रधानमन्त्री पद नछोडेसम्म राजनीति निकास ननिस्कने उनले बताए ।
संविधानसभा चुनावको कुरा गरेर अन्तरिम संविधानलाई सिध्याउने खेल भइरहेको तर्फ आम नेपाली सचेत हुन आग्रह गर्दै उनले एमाले, कांग्रेस र एमाओवादीको चंगुलमा आफ्नो पार्टी नफस्ने जिकिर गरे ।
संविधानसभा चुनावको कुरा गरेर अन्तरिम संविधानलाई सिध्याउने खेल भइरहेको तर्फ आम नेपाली सचेत हुन आग्रह गर्दै उनले एमाले, कांग्रेस र एमाओवादीको चंगुलमा आफ्नो पार्टी नफस्ने जिकिर गरे ।