|

राजाले मात्र देशलाई अखण्ड र अक्षुण राख्नसक्छः योगी

वृजराज कुशवाहा, नवलपरासी,कार्तिक २१ - नवलपरासीको हरपुर गाविस गोपालपूरमा नवनिर्मित शिव गोरक्ष कालिका मन्दिरमा प्राण प्रतिष्ठा तथा पुजा अर्चनाका लागि मंगलवार नवलपरासी पुगेका पुर्व राजा ज्ञानेन्द्र शाहले नेपालको राजनीतिक अवस्थालाई लक्षित गर्दै कुनै पनि देशमा राज्य व्यवस्थाको एक आधार केन्द्र भएन भने राज्य पद्दति पनि भताभुंग हुन्छ, भनेका छन् ।

भारत गोरखपुर स्थित बाबा गोरक्षनाथ मन्दिरका पीठाधीश महन्त अबैद्यनाथको अध्यक्षतामा संचालित सम्बोधन सभामा प्रमुख अतिथी रहेका पुर्व राजा ज्ञानेन्द्रले गोरखनाथ बाबाका आशिर्वाद र ईतिहासका कारण निर्माण भएको यस देशमा राज्य व्यवस्था एक निश्चित पद्दति र निर्णायक ढंगले चल्नुपर्दछ, भनेका छन् । पुर्व राजा ज्ञानेन्द्रले देशमा चलिरहेको आपसी खिचातानी र राजनीतिक अन्यौलतालाई लक्षित गर्दै भने, राज्य व्यवस्थाको एक आधार केन्द्र भएन भने राज्य पद्दति पनि भताभुंग हुन्छ । त्यसैले अदुरदर्शी नीति निर्णय प्रति सबै सजग रहनुपर्दछ भन्ने मेरो मान्यता हो भन्दै जनता उक्साउने शैलीमा व्यंग्यात्मक रुपमा बोलेका थिए ।

राज्यको संचालन पद्दतिलाई ईंगित गरी पुर्व राजाले गोरक्षनाथका उत्तराधिकारी आदित्यनाथले राजसंस्थालाई हिन्दुत्वसंग जोडेर नेपालमा हिन्दु राजा र राजसंस्था रहनुपर्ने आशय प्रति मौन समर्थन जनाएका थिए ।

गोरक्षनाथका उत्तराधिकारी आदित्यनाथ सभालाई सम्बोधन गर्दै राजसंस्थालाई हिन्दुत्वसंग जोडेर नेपालमा हिन्दु राजा र राजसंस्था रहनुपर्ने आशय प्रकट गरेका थिए । गोरक्षनाथका उत्तराधिकारी तथा भाजपाका सांसद एवम योगी आदित्यनाथ मञ्चमा बोलिरहदा पुर्व राजा ज्ञानेन्द्र भावुक एवम जिज्ञासु भई भाषण सुनेका थिए । मञ्चमा बोलीरहेका आदित्यनाथ तर्फ एक टक हेरीरहेका पुर्व राजा ज्ञानेन्द्र कुनै ठुलै आश्वासनको प्रतिक्षा गरिरहेको दखिन्थे तर त्यसो केही पनि भएन ।

हिन्दुत्वका लागि विश्वभरी नै अभियान थालेको बताउदै आदित्यनाथले नेपाली जनताको सुरक्षित भविश्यका लागि नेपालमा राजा आवश्यक रहेको बताएका थिए । सभामा सहभागी रहेका करीब २ हजारका संख्याका नेपाली तथा भारतीय जनतालाई सम्बोधन गर्दै आदित्यनाथले नेपालमा राजा स्थापित गर्नका लागि एक पटक प्रयास हुनु जरुरी रहेको बताएका थिए । विश्वका हिन्दुहरुको लागि महान स्थानमा राखिएका एकमात्र नेपालका शाहवंशिय राजाले मात्र देशलाई अखण्ड र अक्षुण राख्न सक्ने दावी समेत दावी गरेका थिए ।

Posted by Butwalonline on 5:43 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राजाले मात्र देशलाई अखण्ड र अक्षुण राख्नसक्छः योगी"

Leave a reply