|

विद्युत चुहावट गर्ने २० वटा उद्योगको लाईन काटियो

किरणमान बज्राचार्य,कपिलवस्तु , १५ मंसिर-विद्युत चोरी गरी उद्योग संचालन गर्दै आएका कपिलवस्तुका २० वटा खाद्य उद्योगलाई कारवाही गरिएको छ । नेपाल विद्युत प्राधिकरण तौलिहवा शाखाले विद्युत चोरी गरेका ती उद्योगको लाईन शुक्रबार काटेको हो ।

शाखाद्धारा गठित विद्युत चुहावट नियन्त्रण अभियान टोलीले उद्योगहरुमा चेकजााच गर्दा ती उद्योगहरुमा चोरी गरेको फेला पारेका थियो ।  शाखा प्रमुख राजेन्द्र प्रसाद श्रीवास्तवले सेलर उद्योग उद्योगहरुले स्वीकृत क्षमता भन्दा दोब्बर रुपमा विद्युत उपभोग गरेको पाइएको बताए ।

लुम्बिीनी–तौलिहवा सड्क खण्ड अन्र्तगतका लबनी, पकडी, दोहनी, बर्रोहि, मैनिहवामा संचालित उद्योगहरुले स्वीकृत २५ केभिए भन्दा बढि विद्युत प्रयोग गरिरहेको उनले जानकारी दिए । स्वीकृत २५ केभिए मा प्रति केभिए ५ रुपैया चार्ज लाग्ने भएपनि उनीहरुले सो भन्दा दोब्बर विद्युत प्रयोग गर्दै आएका थिए । शाखाका अनुसार २५ केभिए भन्दा बढि लोड क्षमता लिए उक्त उद्योगले प्रति केभिए ९० रुपैयाका दरले महशुल बुझाउनुपर्ने छ । कारवाहीमा परेका केहि उद्योगहरुले मिटरको शील काटेको र कतिपयले मिटर बाहिर बाट विद्युत चोरी गरेको समेत शाखाले जनाएको छ । उनीहरु सबैको लाईन काटि कारवाही प्रक्रिया अघि बढाइएको शाखा प्रमुख श्रीवास्तवले जानकारी दिए ।

उद्योगहरुले स्वीकृत क्षमता भन्दा बढि विद्युत प्रयोग गरेका कारण स्थानिय रुपमा शाखाले दैनिक २ घण्टा थप लोडसेड्ङि गर्दै आएको थियो । ओभरलोडका कारण कतिपय अवस्थामा फिडर समेत बन्द हुन थालेपछि सो क्षेत्रमा कारवाही प्रक्रियालाई तिब्रता दिएको शाखाले जनाएको छ ।शाखाले उनीहरुलाई मझौला उद्योग अन्र्तगत लाग्ने महशुल चार्ज तथा जरिवाना सहित कारवाही गर्ने भएको छ ।

यता उद्योगीहरुले भने शाखाले विना चेतावनी एकाएक लाईन काटेको आरोप लगाएका छन् । धान सिजनको बेला उद्योगको लाईन काटिएपछि व्यापार चौपट भएको डुमरा स्थित जयमा काली सेलर मिलका उद्योगी राजकुमार पाण्डे बताए । उनले आफुहरुको समूस्याको चाडै समाधान नभए आन्दोलन गर्ने चेतावनी समेत दिए ।

यसै बिच शाखाले विगत ३ महिना देखि संचालन गरेको विद्युत चुहावट नियन्त्रण अभियानले ८५ जनालाई कारवाही गरेको छ । उनीहरु बाट ७ लाख बढि जरिवाना असुल समेत गरेको छ । ४१ प्रतिशत विद्युत चुहावट रहदै आएको यस शाखामा अभियान पश्चात घटेर ३६ प्रतिशतमा पुगेको प्रमुख श्रीवास्तवले जानकारी दिए ।

Posted by Butwalonline on 6:02 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " विद्युत चुहावट गर्ने २० वटा उद्योगको लाईन काटियो"

Leave a reply