|

कालिका उच्च माविद्धारा एड्स सचेतना कार्यक्रम

बुटवल,मंसीर १५ -यूवा पत्रकार विष्णु घिमीरेले एड्स सचेतनाका लागि शिक्षाको भूमिका रहने हुदा विद्यालय तहबाट यसको अभियान चलाउनुपर्ने बताउनुभएको छ । उहााले विद्यार्थी मार्फत घर, परिवार र समाजसम्म सन्देश पुऱ्याउन सकिने हुदा यसको सचेतनाका लागि विद्यालय उपयुक्त स्थल हुने बताउनुभयो । पाठशाला मासिकको स्थापनाको चौथो बर्ष प्रवेशको अवसरमा शुक्रबार बुटवलको कालिका उच्च मावि आयोजित कार्यक्रममा बोल्दै घिमीरेले एचआईभि एड्स मानिसको असुरक्षित व्यवहारबाट फैलिने हुदा बालबालिकालाई त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा आठ विद्यार्थी कक्षा ८ का रमेश न्यौपाने, सविता पाण्डे, शीला पन्थी, दीपनारायण जिसी, कक्षा ९ का भृकृटी कार्की, कक्षा १० का आकाश खनाल, ऋषी रञ्जन बैठा र सरोज विकले एच आई भि (एड्स) सम्बन्धी जानकारीमूलक प्रतिभा प्रस्तुत गरेका थिए ।

कार्यक्रम पश्चात प्रतिभा प्रस्तुत गर्ने पााच विद्यार्थीलाई एक एक वटा सामान्य ज्ञानको पुस्तक दिई सम्मान गरिएको थियो । त्यस्तै सचेतनामूलक क्षेत्रमा प्रशंसनीय कलम चलाएवापत एचआईभि एड्स मिडिया अवार्ड–२०१२ बाट सम्मानित बुटवलका यूवा पत्रकार बिष्णु घिमीरेलाई सम्झनाको चिनो प्रदान गरि सम्मान गरिएको थियो ।

कार्यक्रम विद्यालयकी सहप्राचार्य डम्बर कुमारी पुनको अध्यक्षता र शिक्षक यूवराज कडेलको संचालनमा सम्पन्न भएको थियो । विद्यालयको प्रार्थनाका समयमा आयोजित सचेतना कार्यक्रममा करिब ११ सय विद्यार्थी र दुई दर्जन शिक्षक कर्मचारी सहभागी भएका थिए ।

Posted by Butwalonline on 6:01 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कालिका उच्च माविद्धारा एड्स सचेतना कार्यक्रम"

Leave a reply