बिश्व एड्स दिवसको पूर्व सन्ध्यामा जन चेतनामुलक मोटर साईकल र्याली
हेमराज भट्ट,नेपालगंज ,मंसिर १५ - २५ औ बिश्व एड्स दिवसको पूर्व सन्ध्यामा बाँकेमा जन चेतनामुलक मोटर साईकल र्याली निकालीएको छ ।बिश्व एड्स दिवस सफल पारौं, एच.आइंभि.को नया सक्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शुन्यमा पुऱ्याऔं लगायत लेखिएका नाराहरु अंकित प्लेकार्डहरु तथा व्यानर सहितको र्याली आज बाँकेमा निकालीएको हो ।
बाँकेको भन्सार देखि शुरु भएको र्याली नेपालगन्ज बजार, राझा, शम्सेरगन्ज हुदै कोहलपुर चौतारमा पुगी कार्यक्रममा परिणत भएको थियो । जिल्ला एड्स समन्वय समिति बााके तथा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा बासको संयोजनमा सम्पन्न र्यालीमा विभिन्न संघ सस्था, लाईन्स क्लब, सरकारी निकाय लगायत गरि ५० बढि मोटरसाईकलहरुको सहभागीता रहेको थियो । र्यालीको समापन जिल्ला जन स्वास्थ्य कार्यालय बाँकेका प्रमुख जिवन कुमार मल्लले गरेका थिए । यो बर्षको बिश्व एड्स दिवसमा र्याली संगै सडक नाटक लगायतका कार्यक्रमहरु गर्ने तय गरिएकोछ ।
यसैगरी बास दैलेख शाखाले दैलेखका विभिन्न गाविसहरुमा उपशाखा बिस्तार गर्ने कार्यक्रम अन्तरगत आज दैलेखको काशिकााध गाविसमा आफ्नो उपशाखा बिस्तार गरेको छ । दिपक गिरीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा मिना कुमारी शाही, सचिबमा सुरेन्द्र शाही, सह–सचिब खगेन्द्र थापा र कोषाध्यक्ष सीता कुमारी थापा रहेका छन् यसैगरी सदस्यहरुमा क्रमस: बसन्त बन, चन्द्र बिक, प्रेम परियार, पुष्कर पाण्डे, गमला थापा, दिर्घ शाही र बिजयी बन लाई चयन गरेको छ । गठित समितिको पहिलो बैठकबाट अर्को एक जना सदस्यलाई मनोनित गर्ने नव गठित समितिका अध्यक्ष दिपक गिरीले बताएका छन् । उता मंसिर १४ गते भगवती उच्च माबि काशिकाधमा बासको नयाा ईकाई गठन भएको छ । पुष्पा रिजालको अध्यक्षतामा गठित ईकाईको उपाध्यक्षमा बसन कुमारी बन, सचिवमा प्रेम परियार, कोषाध्यक्षमा जनक राज शाही रहेका छन् । यसैगरी सदस्यहरुमा क्रमस शेर बहादुर बन, सीता कुमारी थापा, पुष्कर पाण्डे, संगिता मल्ल, दुर्गा कुमारी शाही, बिष्णु पाण्डे र नरेस हमाल रहेको छन् । उपशाखा तथा ईकाई बास पश्चिमाञ्चल उपाध्यक्ष मन भण्डारीको उपस्थितीमा भएको हो ।
