|

विदेशमा रोजगारी लगाईदिने नाममा ७० लाख ठगी

गुल्मी, १५ मंसिर । विभिन्न व्यक्तिलाई ठगी गर्दै हिड्ने गुल्मीका एक दम्पत्तिलाई प्रहरीले गल्मी र रुपन्देहीबाट पक्रउ गरेको छ ।प्रलोभवन देखाई लाखौं रुपियाँ ठगी गर्ने गुल्मी अर्खले–८, भाडगाउँकी ४८ वर्षीया रामप्यारी पन्थीलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीले रामप्यारीलाई शुक्रबार उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।प्रहरीले बिहीबार राति उनका पति धनीश्वर पन्थीलाई पनि रुपन्देहीको मुर्गियाबाट पक्राउ गरेको छ । पन्थी दम्पत्तिलाई आजै बुटवल पुराएर अनुसन्धान सुरु गरेको प्रहरी भनाई छ ।

पति र पत्नी दुवै जना मिलेर सर्वसाधारणलाई ठगी गर्ने गरेको गुल्मीका प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले जानकारी दिए ।विदेशमा राम्रो रोजगारी लगाईदिने नाममा पन्थी दम्पत्ति विरुद्ध ७० लाख रुपियाँ भन्दा बढि ठगी गरेको प्रहरीमा उजुरी परेको छ ।
समाचार सौर्य  दैनिक बाट

Posted by Butwalonline on 12:54 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विदेशमा रोजगारी लगाईदिने नाममा ७० लाख ठगी"

Leave a reply