|

दूध बोकेको गाडी पल्टदा चालकको मृत्यु

इलाम,मंसिर १५ - मेची राजमार्गअन्तर्गत इलामको कोलवुङ्गमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कोल्बुङ-२ को सिपीटारमा दूध बोकेको गाडी पल्टदा गाडीका चालक मोरङ्ग टंकीसिनवरीका उद्धव कटुवालको मृत्यु भएको हो ।

गाडीका सहचालक सिरहाका सरन मण्डल गम्भीर घाइते भएका छन् । घाइते मण्डलको मनमोहन अस्पताल झापामा उपचार भइरहेको छ । इलामबाट दूध बोकेर विराटनगर जाँदै गरको मे १ ख ३१५५ नम्बरको गाडी बे्रक फेल भएर दुर्घटना भएको हो ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 12:48 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दूध बोकेको गाडी पल्टदा चालकको मृत्यु"

Leave a reply