|

फोहोरको थुप्रोमा बेवारिसे अवस्थामा पेस्तोल

काठमाडौं, १५ मंसिर । प्रहरीले मैतीदेवी–गौशाला जोड्ने रातोपुल नजिकैको फोहोरमा बेवारिसे अवस्थामा तीनवटा कटुवा पेस्तोलसहित ४ राउन्ड गोली फेला पारेको छ । पुल नजिकैको फोहोरमा रातो प्लास्टिकले पोको पारिएको अवस्थामा पेस्तोल फेला परेको हो ।

प्रहरीका अनुसार फोहोर फाल्न गएका सर्वसाधारणले प्लास्टिकको झोलामा पेस्तोल रहेको सूचना प्रहरी हवल्दार तीर्थ थापालाई दिएपछि खानतलासी गर्दा हतियार भेटिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी जयबहादुर चन्दले अपराधी पक्राउ परिने डरले हतियार फोहोरमा फालेर भागेको बताए । एसएसपी चन्दले भने, ‘आपराधिक गतिविधिमा संलग्न अभियुक्त हतियारसहित रातोपुल क्षेत्र आसपासका क्षेत्रमा रहेका हामीले सूचना पाएका थियौँ, त्यही क्रममा हामीले चेकजाँच तीव्र पारेका थियौँ, पक्राउ परिने डरले उनीहरू हतियार फोहोरमा मिल्काएर भागेछन् ।’ हतियार फाल्ने अभियुक्त फेला नपरेको जानकारी दिँदै उनले भने, ‘यस्ता हतियार आपराधिक क्रियाकलापमा प्रयोग हुन्छन्, अहिले पनि यस्तै कार्यका लागि प्रयोग गर्न कुनै स्थानमा लगिँदै थियो भन्ने हामीले सूचना पाएका थियौँ तर उनीहरू सफल भएनन् ।’

महानगरीय प्रहरी प्रभाग गौशालाका प्रमुख प्रहरी निरीक्षक पवनकुमार भट्टराईको नेतृत्वमा रातोपुल तथा कालोपुल आसपासका क्षेत्रमा शुक्रवार बिहान ९ बजेदेखि नै ४० भन्दा धेरैको संख्यामा प्रहरी परिचालन गरी चेकजाँच तीव्र पारिएको थियो । यही क्रममा प्रहरीले शुक्रबार बिहान १०:३० मा फोहोरको डंगुरमा बेवारिसे अवस्थामा पेस्तोल बरामद गरेको थियो । समाचार सौर्य दैनिक बाट

Posted by Butwalonline on 7:38 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फोहोरको थुप्रोमा बेवारिसे अवस्थामा पेस्तोल"

Leave a reply