|

हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गयो

बारा,मंसिर १५ - बाराको सपही गाउँ विकास समितिको वडा नम्बर सातमा जंगली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ ।हात्तीको आक्रमणमा परी सपही सातका ३० बर्षका सुदर्शन चौधरी र ७० बर्षका सुरज चौधरीको ज्यान गएको बारा प्रहरीले जनाएको छ ।

नजिकैको जंगलबाट आएको हात्तीको समूहले राती १० बजे सपही गाउँमा पसेर घर भत्काउन थालेपछि भाग्नेक्रममा उनीहरुको ज्यान गएको हो ।सोही गाविसमा केही दिन अघि हात्तीकै आक्रमणमा परी दुई जना महिलाले ज्यान गुमाएका थिए ।
स्रोत :ऑनलाइन खबर

Posted by Butwalonline on 7:28 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गयो "

Leave a reply