धान उत्पादनमा दुई प्रतिशतले कमी
कपिलवस्तु समाचारदाता,कपिलवस्तु , १५ मंसिर-कपिलवस्तुमा यस बर्ष धान उत्पादनमा कमी आएको छ । गत बर्षको तुलनामा यस बर्ष दुई प्रतिशतले धान उत्पादनमा कमी आएको हो । जिल्ला कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार वास्तविक उत्पादन दुई प्रतिशत घटेको तथा लक्ष्य भन्दा १६ प्रतिशत उत्पादन कम भएको हो । आर्थिक बर्ष ०६७/६८ मा २ लाख ४४ हजार ८ सय मेट्रिक टन धान उत्पादन भएको थियो भने गत बर्ष उत्पादन बृद्धि भई २ लाख ४९ हजार ३ सय ४ मेट्रिक टन पुगेको थियो । शाखा कार्यालयका प्रमुख खुर्शेद अहमद खा का अनुसार यस बर्ष विभिन्न समस्याका कारण उत्पादनमा कमी आएको छ । गत बर्षकै अनुपातमा लगाइएको धानखेती बाट जम्मा दुई लाख ५ हजार मेट्रिक टन धान उत्पादन भएको हो । कार्यालयले गत बर्षको अनुपातमा भएको उत्पादनलाई आधार मानि तोकेको लक्ष्य समेत घटेर गएको छ । यस बर्ष हामीले करिब तीन लाख मेट्रिक टन धान उत्पादन हुने सम्भावना देखेका थियौ तर घट्यो कार्यालय प्रमुख खााले भने ।
उनका अनुसार ढिलो बर्षाका साथै ढिलो गरिएको रोपाई र मलखादको चरम अभाव कारण धान उत्पादन घटेको हो । समयमा पानी नपर्दा वीउ छर्न नपाएर रोपाई ढिलो सुरु भएको र समयमै कृषकहरुले मल नपाएपछि उत्पादनमा प्रभाव परेको उहा बताउनुहुन्छ । यस बाहेक हालै मात्र जिल्लाका ११ वटा गाविसमा भएको फौजी किराको प्रकोप तथा ढिलो जातका धानलाई चाहिने पानी प्रयाप्त नहुनुले पनि उत्पादन वृद्धिलाई प्रभाव पारेको कृषि कार्यालयको भनाई छ । कार्यालयका अनुसार ढिलो उत्पादन हुने जातका धानहरु जस्तै मसुरी, साभा, कालानिमक, गोल्डेन मसुली जातका धानलाई अश्विन महिनामा चाहिने शिचाई नहुदा पनि उत्पादनमा ह्रास आएको हो ।
धानखेतीको लागि उपयुक्त तथा अत्याधिक धान उत्पादन हुने कपिलवस्तुमा यस बर्ष ७२ हजार हेक्टरमा धानखेती गरिएको थियो । यहाा विशेष गरि गोरखनाथ, साभा, कालानिमक, मसुली, राधा ४ तथा हाइब्रेड लगायत ३६ प्रजातिका धानखेती गरिन्छ ।
