|

जनतान्त्रिकका देबराज पक्राउ

किरणमान बज्राचार्य,कपिलवस्तु १५ मंसिर-संयुक्त तराई जनतान्त्रिक मुक्ती मोर्चा (कौटिल्य समुह)का जिल्ला ईन्चार्ज देबराज भन्ने बब्बु यादब पक्राउ परेका छन् । तौलिहबाबाट कृष्णनगर तिर गईरहेका बेला उनलाई कपिलबस्तु नगर पालिका–९ छोटकी तौलिहबाबाट प्रहरीले उनलाई पक्राउ हो ।

उनी युपी ५५ एफ ५९७८ नंबरको मोटरसाईकलमा गईरहेको बेला सादा पोशाकमा गएका प्रहरीले उनको मोटरसाईकल रोकेर पक्राउ गर्न खोजेका थिए । मोटरसाईकल रोकेर पक्राउ गर्न खोज्दा उनी एक किमी बढी दौडेर भाग्न खोजेका थिए ।

संयुक्त तराई जनतान्त्रिक मुक्ती मोर्चा बार्तामा रहेकाले उनलाई तत्काल छाडनु पर्ने पश्चिम क्षेत्र कमाण्ड ईन्चार्ज राजगुरु भन्ने रबिदत्त मिश्रले बताए । उनले सरकार बार्ता प्रति गंभीर नभएको भन्दै तत्काल नछाडे सरकारसंग जारी रहेको बार्ता भंग गर्ने चेताबनी दिएका छन् । यता प्रहरीले देबराज पक्राउ गरेको बताए पनि अरु केही कुरा भन्न नमिल्ने बताएको छ । प्रहरी अधिकारीहरु भने देबराजका बिषयमा कुरै गर्न चाहदैनन् । प्रहरीले अनुसन्धानका लागि प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिएको छ ।

देबराजकमथी बम बिष्फोट, चन्दा आतंक र लुटपाट लगायत अधा दर्जन बढी अभियोग छ । उनको अभियोग बारे भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ ।देबराजले बिगतमा बम बिष्फोट, चन्दा आतंक र लुटपाट लगायत ७/८ बटा अभियोगमा आरोपी रहेको प्रहरी स्रोतले जनाएको छ ।

Posted by Butwalonline on 6:09 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जनतान्त्रिकका देबराज पक्राउ"

Leave a reply