रसियाका राजदुत भेलिचेकिनद्वारा तिलौराकोटको अबलोकन
कपिलवस्तु १५ मंसिर-नेपालका लागि रसियाका राजदुत डा. सेजी भेलिचेकिनले बुद्ध स्थल प्राचीन कपिलवस्तु तिलौराकोट अबलोकन गरेका छन् ।
उनले तिलौराकोटका पुर्बी र पश्चिमी द्वार तथा दरबारको मुख्य भग्नाबषेशका अबलोकन गरेका थिए । उनले तिलौरकोट सबैका लागि आस्थाको केन्द्र भएकाले सरकार तत्काल योजना बनाएर बिकासका लागि लाग्नु पर्ने बताए ।
त्यस्तै उनले राजा शुद्धोदन र रानी मायादेबीको समाधी स्थल मानिने धमनिहबा स्तुप र भारतीय स्रमाट अशोकद्वारा स्थापित निग्लिहबा अशोक स्तम्ब पनि अबलोकन गरेका थिए । राजदुतलाई पुरातात्बिक स्थलबारे लुम्बिनी बिकास कोषका कर्मचारी माधब आचार्यले जानकारी दिएका थिए ।
तिलौराकोट राजा शुद्धोदनको राजप्रसाद तथा भागबान गौतम बुद्धले २९ बर्षको युबा अबस्था बिताएको क्रिडा स्थलका रुपमा परिचित छ ।
