एक लाख मुल्यका अबैध कुखुराका चल्ला बरामद
कपिलवस्तु, १६ कार्तिक-प्रहरीले जिल्लाका छुट्टा छुट्टै दुई स्थानबाट बरामद गरेका करिब एक लाख मुल्यका एक हजार चार सय कुखुराका चल्ला आज तौलिहवामा नष्ट गरेको छ । प्रहरीले पिपरा गाबिस– ६ मा नौ सय र बिजुवा गाबिस– ८ मा ६ सय चल्ला बरामद गरेको थियो ।भारतबाट साइृकलमा राखेर ल्याउदै गरेको अवस्थामा प्रहरीलाई देखे पछि ढुवानीकर्ताहरु साईकल छाडेर भागेका थिए । सरकारले पाच बर्ष अघि देखि पंक्षीजन्य पदार्थको आयातमा रोक लगाए अबैध रुपमा जिल्लामा भित्रिनेक्रम रोकिएको छैन ।
