|

नवलपरासीमा आज सांझ भएको सवारी दुर्घटनामा एकको मृत्यु

वृजराज कुशवाहा कार्तिक १६-नवलपरासीमा आज सांझ भएको सवारी दुर्घटनामा परी एक वृद्धको घटनास्थलमै ज्यान गएको छ ।शव दाहका लागि लाश लिएर त्रिवेणी गएको लु १ ख ५७५६ नं. को बस फर्कने क्रममा विपरित दिशातर्फबाट आउदै गरेको साइृकल सवार त्रिवेणीसुस्ता ६ फर्साटाडीका अन्दाजी ६० वर्षीय मान बहादुर कार्कीलाई ठक्कर दिदा कार्कीको घटनास्थलमै ज्यान गएको छ ।

त्रिवेणीसुस्ता ६ फर्साटाडी स्थित गण्डक नहरको बाटोमा सांझ साढे ६ बजेको समयमा भएको घटनाका बसचालक फरार भएका कारण स्थानीयवासीले प्रहरीलाई लाश उठाउन दिएका छैनन् । घटनास्थल पुगेको त्रिवेणी प्रहरी चौकीको प्रहरीले लाश मुचुल्का गरेपनि पीडित परिवारले क्षतिपुर्ति नपाएसम्म स्थानीयवासीन्दाले पोष्टमार्टमका लागि लाश उठाउन नदिने बताएका हुन् ।बस स्थानीयवासीन्दाले घटनास्थल नजिकैको बजार रानीनगरमा कब्जामा लिएका छन् ।

Posted by Butwalonline on 6:25 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नवलपरासीमा आज सांझ भएको सवारी दुर्घटनामा एकको मृत्यु "

Leave a reply