|

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सुचारु

४ असार, चितवन । पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत नौबीसे-मुग्लिन सडकखण्ड पहिरो हटाएपछि बिहान १० बजेदेखि नियमित सुचारु भएको छ ।
सो सडकखण्डको सिमलधारामा शनिबार बिहान १ बजेतिर पहिरो गएको थियो । पहिरोका कारण बाटोमै अलपत्र परेका यात्रु तथा सवारीका साधनहरु सडक खुलेसँगै नियमित सुचारु भएका छन् । चितवनबाट आएको स्काभेटर र डोजरको सहयोगमा पहिरो हटाइएपछि सडक सुचारु भएको हो ।
रातभरि परेको अविरल वर्षाका कारण पहिरो गएको थियो । डोजरसँगै स्थानीय बासिन्दा, यात्रु तथा प्रहरीको सक्रियतामा सडक दुई घन्टापछि सुचारु भएको हो । सडक अवरुद्ध हुँदा त्यस क्षेत्रमा सवारीका साधनको लामो लाम लागेको थियो ।
Source:onlinekhabar

Posted by Butwalonline on 9:14 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सुचारु"

Leave a reply