यौन सम्बन्ध राखी काकीको हत्या गरेको आरोपमा पक्राउ
नवलपरासी, कात्तिक १६ - ईलाका प्रहरी कार्यालय गैंडाकोट नवलपरासीले आफ्नै हजुरआमा र काकीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । गैंडाकोट ७ सित्तलनगरमा कार्तिक ८ गते राति २३ बर्षीय सुरेश कुमालले आफ्नै हजुरआमा र काकीको हत्या गरेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
२८ बर्षीय काकी देवी कुमालसंग यौन सम्बन्ध राखि रहेको अबस्थामा ५७ बर्षीय हजुर आमा सुनचरी कुमालले देखेपछि सुरेशले हजुरआमाको मुख थुनेर घाँटी च्यापी हत्या गरेको प्रहरीले जनाएको छ ।
हजुरआमा भुईमा ढलेपछि उसले काकी देवी कुमाल चिच्याउन लाग्दा मुख र घाँटी थिचेर दुवै जनाको हत्या गरेको प्रहरी निरिक्षक पाण्डेले बताउनुभयो । दशैंको टिकाको दिन काकी र हजुरआमाको हत्या गरेर फरार रहेका सुरेशलाई बिरगंज जाने बसको पछाडि सिटमा लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ ।
हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सुरेश बैदेशिक रोजगारको क्रममा दुवईमा गएर फर्केको २२ दिन मात्र भएको थियो ।सुरेशले यसभन्दा अगाडि पनि डर देखाएर काकीसंग यौन सम्बन्ध राख्दै आएको वयान दिएका प्रहरीले जनाएको छ । मृतक देवीका श्रीमान बैदेशिक रोजगारको क्रममा कतार हुनुहुन्थ्यो । देवीको हत्यापछि उहाँ नवलपरासी आउनु भएको छ ।
हत्या आरोपमा ईलाका प्रहरी कार्यालय गैंडाकोटले नवलपरासी जिल्ला अदालतमा कार्तिक १४ गते जघन्य अपराध मुद्दा पेश गरेको छ । हत्यारा ओरोपित कुमालको एक श्रीमती र तीन बर्षीय छोरी छन् ।