बस र ट्रक एक -आपसमा जुध्दा दुई यात्रुको मृत्यु
सुनसरी,मंसिर ११ । सुनसरीको ईटहरीमा आज विहान बस र ट्रक जुध्दा दुई यात्रुको मृत्यु भएको छ भने २२ जना घाईते भएका छन् । रुपन्देहीको भैरहवाबाट झापाको काकडभिट्टातर्फ जादै गरेको लु १ ख ६३५२ नम्बरको बस पूर्व पश्चिम राजमार्गको ईटहरी खण्डमा विपरित दिशाबाट आएको ना ४ ख १६१९ ट्रकसंग जुद्दा दुई जनाको मृत्यु भएको हो । मृतकहरु भारत जयपुर तलौनीका अजय श्रीवास्तव र एक भारतीय महिला भएको प्रहरीले जनाएको छ । घाइते मध्ये ४ को अवस्था गम्भिर रहेको छ । घाइतेहरुको धरान, विराटनगर र इटहरीका स्वास्थ्य संस्थाहरु उपचार भइरहेको छ । हुस्सु लागेका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
स्रोत : ईमेज च्यानाल