सर्वसाधारणले अव धावन मार्ग नजिकै पुगी जहाज हेर्न पाउने
काठमाण्डौं मंसिर ११ - त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावन मार्ग नजिकै पुगी साना-ठूला जहाज आवतवावत गरेको हेर्ने सर्वसाधारणको चाहना अव पुरा हुने भएको छ । विमानस्थल प्रशासनले सोमबारदेखि विमानस्थल क्षेत्र अवलोकन गर्न मिल्ने ‘भिजटर्स डेक्स’ सबैका लागि खुल्ला गरेको छ । यसअघि आफन्तलाई विमानस्थल छाड्न जाँदासमेत सुरक्षाकर्मीले मूल गेटबाटै फर्काउने गरेको थियो ।डेक्स सञ्चालन गर्न तीन वर्ष ठेक्का सुरु भएपछि सर्वसाधारणका लागि विमानस्थल अवलोकनको मौका जुरेको हो । एकमात्र अन्तराष्ट्रिय विमानस्थल भएकाले सुरुक्षाका कारण सर्वसाधारण यो अवसरबाट वञ्चित रहँदै आएका थिए । लहरै पार्किङ गरी राखिएका ठुल्ठूला जहाज, ती जहाजमा ओहोरदोहोर गरिरहने यात्रु, उडानका लागि चाहिने भौतिक उपकरण अव सर्वसाधारणले नजिकैबाट नियाल्न पाउने भएका छन् ।यो विमानस्थल राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमसहित २८ वटा अन्तराष्ट्रिय विमान कम्पनीले उडान गर्दै आएका छन् ।
स्रोत :ऑनलाइन खबर