पुष्पकमल दहाल र बाबुराम भट्टराई शिक्षक पक्षबीच झडप
रसुवा , मंसिर ११ - माओवादी शिक्षक संगठनको नयाँ कार्यसमिति चयनका लागि भएको अधिवेशनमा पुष्पकमल दहाल र बाबुराम भट्टराई पक्षबीच झडप भएको छ । शनिबार सुरु भएको अखिल नेपाल शिक्षक संगठनको दोस्रो कार्यसमिति चयनको विषयलाई लिएर भएको झडपमा जिविसका एक दर्जन कुर्सी भाँचिएका छन् । भेट्टराईपक्षीय पूर्वसभासद प्रेमबहादुर तामाङ निकट शिक्षक र युवाहरूले संस्थापन पक्षका शिक्षकहरूमाथि कुर्सीले प्रहार गरेको सहभागि शिक्षकहरूले बताए । अध्यक्ष पदका लागि बाबुरामपक्षीय ल्हाक्पा थोक्रा वा शिशिर न्यौपानेमध्ये एक हुनुपर्ने विषयमा विवाद भएपछि झडप भएको थियो ।
स्रोत :कान्तीपुर