|

नेपाल उत्पीडित जातिय मुक्ति समाज रुपन्देहीद्वारा सास्कृतिक कार्यक्रम

बिनोद परियार,बुटवल,२५ कात्तिक ।  नेकपा एमालेका पोलिटब्यूरो सदस्य छविलाल विश्वकर्माले बर्तमान सरकारले अटेर गरे आन्दोलनबाट हटाउने चेतावनी दिनुभएको छ । सत्तारुढ दलहरु बजेट ल्याएर सत्ता लम्ब्याउने दाउमा रहेको बताउदै त्यसो भए परिणाम घातक हुने बताउनुभयो ।

नेपाल उत्पीडित जातिय मुक्ति समाज क्षेत्र न.३ रुपन्देहीको आयोजनामा आज (शनिबार) पश्चिम अमुवामा भएको शुभकामना आदाप्रदान तथा जनचेतनामुलक सास्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो । एमाओबादीले विभिन्न प्रस्ताव ल्याएर अल्झाउने काम गरेको बताउदै नेता विश्वकर्माले अझै पनि कामचलाउ सरकारले आफ्नौ हैसियत नबुझे जनताले सडकबाटै पछार्ने बताउनुभयो । माओबादी जिम्मेवार नहुदा संविधानसभाको विघटन र शान्ति प्रकृया विचमै अबरुद्ध भएको उहाले बताउनुभयो । संविधानसभामा ठूलो दल भएरपनि जनताको मतको अपमान एमाओबादीले गरेकाले अबको निकास ताजा निर्वाचन भएको नेता नेता विश्वकर्माको तर्क छ । अब फेरी जनताको माझमा आउनुको विकल्प छैन उहाले भन्नुभयो । समयमै संविधान नबन्दा उत्पीडित समुदायको सपना पुरा नभएको बताउदै यसका लागि सहि विचार र पार्टीलाई नेतृत्व दिनुपर्ने बताउनुभयो । नेता विश्वकर्माले जातिय छुवाछुत सम्बन्धि ऐन कानुनलाई अझै प्रभावकारी बनाउन राज्यलाई दवाव दिईरहेको बताउनुभयो ।

कार्यक्रमममा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य भोजप्रसाद श्रेष्ठ,भूमिश्वर सापकोटा,युवा संघ नेपालका केन्द्रिय सदस्य राजु गुरुङ,मुक्ति समाजका केन्द्रिय सचिव सुधिरमान सिंह विश्वकर्मा, लुम्बिनी अंचल ईन्चार्ज एकराज विश्वकर्मा,जिल्ला अध्यक्ष नन्द बहादुर खड्काथोकी,माया बराल,सुरेन्द्र श्री विश्वकर्मा,अविराम विक,श्रीराम यादव लगायतले बोल्दै विभेदका विरुद्ध एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । दशैं,दिपावली,छठ जस्ता पर्वको अवसरमा आयोजित उक्त कार्यक्रममा सहभागिहरुmले जातिय विभेद विरुद्ध लिखितरुपमा प्रतिबद्धता जनाएका थिए ।

यसैगरि कार्यक्रममा अन्टार्टिका महादिपमा पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मा, बरिष्ठ संगितकार एंव गायक विवि अनुरागी,संगितकार सुरेश सेन्चयूरीलाई सम्मान गरिएको थियो  । सो अवसरमा बरिष्ठ नृत्य निर्देशक शिव विक,लोकदोहरी गायीका सपना गाहा,टोप बहादुर दर्लामी, रामु एसके,लोक पप गायक अर्जुन कौशल, तथा स्थानीय कलाकारले जनचेतनामुलक गित तथा नाटक पं्रस्तत गरेका थिए ।







                           

Posted by Butwalonline on 5:21 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपाल उत्पीडित जातिय मुक्ति समाज रुपन्देहीद्वारा सास्कृतिक कार्यक्रम"

Leave a reply