लागुओैषध कारोबारमा सम्लग्न एक दर्जन अभियुक्त सर्वजनिक
लक्ष्मण पोखरेल,ब्ुटवल मंसिर ३ । बुटवलमा प्रहरीले लागुओैषध कारोबारमा सम्लग्न एक दर्जन ब्यतिलाई पक्राउ गरी सर्वजनिक गरेको छ ।
ईलाका प्रहरी कार्यलय बुटवलले आईतबाट पत्रकार सम्मेलन गरी दसै तिहार अबसरमा बिषेष सुरक्षा रणनिती अनुसार रुपन्देहीका बिभिन्न स्थानबाट प्रतिबन्धीत लागु ओषध सहति १३ जना युबा प्रकाउ गरेको जनाएको छ।
बुटवल परानो बर्षपार्कबाट नाईट्रोसन सहति रहिस खान , प्रेम पुन, सुदिप थापालाई प्रकाउ गरेको छ। बुटवलको गोलपार्क र देबीनगर शिशिर दर्लामी, बिष्णु भण्डारी, बिष्णु प्रसाद शर्मा लाई स्पोस्मो सहति प्रकाउ गरेको छ । यस्तै बुटवल चादबारी र अस्पताल चोकबाट बाउन सुगर सहित रमेस चोधरी, युगल भटराई , नबिन खनाल , यसमिन राना, बिकास सुबेदी , किसन प्रसाद चौधरी पनि पकाउ परेका छन् । यस्तै देबदहबाट प्रकाउ परेका रबिन सुनार सहित प्रकाउ परेका सबै अभियुक्तलाई लागु ओषध ऐन अन्र्तगत कारबाही प्रकिया अगाडि बढाएको प्रहरी नायब उपरिक्षक दिपक थापाले बताए ।
तिहारको समयमा प्रकाउ गरेको दस किलो पटकजन्य प्रदार्थहरु पक्रकारहरुको राहबरमा आईतबार नै नष्ट गरेको थियो। बुटवलको तिनकुनेबाट पटका सहित सौगात ओलीलाई प्रहरुीले प्रकाउ गरेको थियो। त्यस्तै २ सय अस्लिल सि. डी. समेत नष्ट गरेको छ ।
कार्तिक महिनाभर ३७ जना मापसे गरी सबारी चलाउने लाई कारबाही गरी ३७ हजार राजस्ब सकलन गरको जनाएको छ ।