कतारमा नेपाली कामदारको छतमा बास
दोहा (कतार), कार्तिक २२ - दुई तले भवन छ । तर, छतमा सजिलै पुग्न गाह्रो छ । त्यहाँ च्यानल तान्ने छाताहरू छन् । वरिपरि बारिएको छैन । एकापट्टी भागमा थोरै खाली भाग छ । हो, त्यहीं बिस्तारा बिछ्याइएको छ ।
हाकु-८, रसुवाका अमिर तामाङ, तारा लामा, पासाङ शेर्पा र धादिङका श्याम तामाङलाई मुदिर (काम दिने कम्पनीका म्यानेजर) ले कतार आएको दिन बस्न यही छत देखाएका थिए । 'हामी आएको दिन तिमीहरू यहाँ बस्ने भनेर देखाइदिएँ,' अमिरले भने, 'यस्तो देख्दा त तीन छक्क पर्यौं ।' काठमाडौं मित्रनगरस्थित लक्की एचआर सोलुसन म्यानपावर (लाइसेन्स नम्बर ८७५) लाई ७० हजार रुपैयाँका दरले बुझाएर आएका उनीहरू अगस्ट २५ बाट यही छतलाई कोठा मानेर सुत्दै आएका छन् । 'तल एउटा कोठामा १५ जनासम्म कोचेर राखेका छन् । त्यहाँ सुत्ने ठाउँ नभएपछि हामीलाई छतमा ल्याएका रहेछन्,' ताराले भने । 'अगस्टमा आइपुग्दा बाहिर घामले निकै पोल्थ्यो । दिनभर घाममा मरिमेटेर काममा आयो । साथीहरू एसी भएको रुममा छिर्थे ।
हामी छतमा आउनुपथ्र्यो,' अमिरले भने, 'मुदिरलाई भन्दा उल्टै हप्कीदप्की गर्थे ।' राति सुत्दा पसिनाले भिजेर शरीरभरि पानी हालिदिएजस्तो हुन्थ्यो । अहिले कतारमा मौसम परिवर्तन हुँदैछ । दिन प्रतिदिन चिसो बढ्दै छ । 'ओढ्न एउटा कम्मल पनि दिएको छैन । रातभर चिसो हावा आउँछ,' ताराले भने, 'रात काट्न निकै कठिन भएको छ ।' लक्कीले उनीहरूलाई अलनासिक कम्पनी भनेर पठाएको थियो । तर, ढाँटेको रहेछ । यहाँ त सप्लाइमा परेका छन् । एक हजार रियाल तलबमा पठाएका उनीहरूले हालसम्म तलब पनि पाएका छैनन् । कोठा माग्दा पाकिस्तानी मुदिरले दुई महिनादेखि काममा लगाएका छैनन् ।
'हामीलाई कोठा उपलब्ध गराइदिन र काम दिलाइदिन लक्कीको मार्केटिङ हेर्ने प्रकाश श्रेष्ठलाई बारम्बार फोन गर्दा वास्तै गरेनन्,' उनले भने, 'अहिले काम पनि दिँदैनन् । खाना पनि दिँदैनन् ।' उनीहरूले पैसाको अभाव भएकाले खानाका लागि संघर्ष गर्नुपरेको छ । 'तल कोठामा बनाएको खाना हामीलाई कहिलेकाहीं दिने गर्छन्,' पासाङले भने, 'नत्र भोकै बस्नुपरेको छ ।'
स्रोत :कांतिपुर