सूचना तथा सञ्चारमन्त्री यादवले दिए गोली ठोक्ने धम्की
काठमाण्डौं कात्तिक २२ -नेपाल सरकारका प्रवत्ता एवं सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले मधेसविरोधी कुरा गर्नेलाई गोली ठोक्ने खुला चेतावनी दिएका छन् । मधेशी जनअधिकार फोरम गणतान्त्रिकका कार्यावाहक अध्यक्षसमेत रहेका यादवले मंगलबार वीरगञ्जमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन सभालाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् ।
गत १२ जेठमा भएको सर्वदलीय बैठकमा मुलुको ठूलो पार्टीका राष्ट्रिय अध्यक्षले मधेसविरोधी अभिव्यक्ति दिएको उनले बताए । ‘बैठकमा ठूला पार्टीका ती ठूला नेताले मधेश प्रदेश लिनका लागि आधा मधेशी नै मर्नुपर्छ भने,’ यादबले औंला घुमाउँदै भने, ‘मैले पनि तत्कालै जवाफ दिएँ तिमी मधेसीलाई के माछौं ? मधेसीलाई मार्ने कुरा त परै जाओस, यदि तिमीले मधेसीतर्फ आँखा तरेर हेर्यौ भने म यहीँनिर गोली ठोकेर मारिदिन्छु । मैले ठीक यसैगरी भेनेको हुँ ।’ उनले ती नेताको नाम भने नखुलाएको सौर्य दैनिकले खबर छापेको छ ।
सञ्चारमन्त्री यादबले आफुले बोलेका कुराको अडियो रेकर्ड आफैसँग सुरक्षित रहेको पनि खुलासा गरेका छन् । ‘यसपछि बैठक पनि भंग भयो’, यादबले भने ‘अनि मलाई अनुशासन नभएको मन्त्री भनियो, त्यही रात आफुलाई शक्तिशाली मुलुकको दूतावासबाट टेलिफोन आयो फोनमा पनि आफुले मधेशी विरोधी कुरा गर्नेलाई गोली ठोक्ने नै धम्की दिएको बताए ।
उनले भने ‘मैले त्यो बेला मात्र भनेको होइन अहिले पनि कसैले मधेस विरोधी कुरा गर्छ भने गोली ठोक्न तयार छु ।’
स्रोत :ऑनलाइन खबर