|

राजस्ब छल्दै ईटा उद्योग संचालन गैर कानुनी ईट्टा उद्योग खुल्नेक्रम बढ्यो


किरण मान बज्राचार्य ,कपिलवस्तु  ,कार्तिक २८ – कपिलवस्तुमा गैर कानुनी ईट्टा उद्योग खुल्नेक्रम बढदै गएको छ । प्रभावकारी अनुगमन तथा तिनीहरुलाई कानुनी दायरामा नल्याईदा त्यस्ता उद्योग खुल्नेक्रम बढेको हो ।

दर्तावाल ईट्टा ब्यवसायी अनुसार जिल्लामा अधिकान्स ईट्टा उद्योग गैर कानूनी रुपमा संचालित छन् । ईजाजत नलिई संचालित हुदा सरकारलाई बार्षिक लाखौ रुपिया राजस्ब घाटा भईरेहको छ । सरोकार राख्ने निकायको प्रभाबकारी अनुगमन र लापबाहीका कारण दर्ता नै नगरी त्यस्ता उद्योग संचालित छन् । ईट्टा उत्पादन सिजन शकुरु भए संगै त्यस्ता उद्योग खुल्नेक्रम समेत बढदै गएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयमा जिल्ला भरीमा पाच दर्जन घरेलु उद्योगका रुपमा दर्ता रहेको छ । घरेलुमा दर्ता भएका जती पनि आन्तरिक राजस्ब कार्यालयमा आबद्ध भएका छैनन् । आन्तरिक राजस्ब कार्यालय, कृष्णनगरमा जिल्ला भरीका २८ दर्ता भएको र २२ बटाले नकिरण गराएका छन् । जबकी जिल्लाको महराजगंज गाबिसमा मात्र १५ बढी ईटा उद्योग संचलनमा रहेका छन् ।

जिल्लामा सय बढी ईटा उद्योग गैरकानुनी रुपमा संचालित रहेको स्रोतले जनाएको छ । जसमा जिल्ला स्तरीय नेता देखि सभासद् सम्मका छन् । आन्तरिक राजस्ब कार्यालय स्रोतले ईजाजत नदिई गैरकानुनी रुपमा ईटा उद्योग संचालन भई रहेको बताएको छ । आबश्यक सुचना र जनशक्तिको अभाबका कारण गैरकानुनी ईटा उद्योगलाई कानुनको दायरामा ल्याउन नसकिएको आन्तरिक राजस्बका कर अधिकृत सुर्य सर्खालीले बताए । उनले फिल्डमा गएर ईटा उद्योगमा सोध्दा मालिक नभएको र कतिपयले बाहिर गएको भन्दै बास्तबिक सुचना दिन नमान्दा समस्या परिरहेको बताए । जनशक्ती थोरै सबै कर्मचारी फिल्डमै गए कार्यालयको काम प्रभाबति हुने हुदा समस्या भईरहेको बताए । त्यस्तै जन शक्ती र सबारी साधनका कारणका राम्ररी अनुगमन गर्न नसकिएको घरेलु कार्यालयका अधिकृत मनोज कुमार सैनीले बताए । गैर कानूनी रुपमा ईटा उद्योग संचालन भईरहेकोले उजुरी पनि नपरेका कारण समस्या भईरहेको उनले बताए ।  दर्ताबिनाका उद्योग संचालन गर्ने लाई ५ लाख सम्म जरिवाना गर्न सक्ने नियम रहे पनि घरेलुले कसैलाई कारबाही गरेको छैन् ।

उद्योग कार्यबिधि दिग्दर्शन ०६५ अनुसार ईट्टा भट्ठा गाउ बस्तीबाट २ किमि टाढा हुनु पर्ने, साईन बोर्ड सबैले देख्ने ठाउमा राख्नु पर्ने नियम भए पनि कसैले पालना गरेको पाईदैन् । यस्तै स्थायी चिमीनी तथा कोईलाबाट मात्र ईट्टा उत्पान गर्नु पर्ने प्रावधान रहे पनि अधिकान्सले दाउरा र भुसीबाट ईट्टा उत्पाद गरेको स्रोतले बताएको छ ।

Posted by Butwalonline on 9:27 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राजस्ब छल्दै ईटा उद्योग संचालन गैर कानुनी ईट्टा उद्योग खुल्नेक्रम बढ्यो"

Leave a reply