|

प्राध्यापक संघ त्रिभुवन बहुमुखी क्याम्पस एकाइद्धारा स्वागत कार्यक्रम

पाल्पा,मंसिर १३ –त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ त्रिभुवन बहुमुखी क्याम्पस एकाइ समितिको आयोजनामा नेपाल प्राध्यापक संघका नवनिर्वाचित केन्द्रिय सभापति श्री रामेश्वर उपाध्याय संग भेटघाट र स्वागत कार्यक्रम प्राध्यापक संघ एकाइ समितिका सभापति श्री जीवनबहादुर थापाको अध्यक्षतामा सम्पन्न भयो ।

उक्त अवसरमा एकाइ समितिका सभापति श्री जीवनबहादुर थापाले स्वागत तथा प्राध्यापकहरुको पेशागत समस्या, तथा हक हितको सुरक्षा बारेमा मन्तव्य राख्नु भएपछि सहप्राध्यापक डा. नेत्र न्यौपाने, शिवकुमार मिश्र, प्रजातन्त्रबादी प्राध्यापक संघका सभापति श्री टंक भटट्राई, प्रगतीशिल प्राध्यापक संगठनका अध्यक्ष श्री कृष्ण कार्की, र राष्ट्रिय प्राध्यापक संगठनका अध्यक्ष श्री सुलेमान अन्सारीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

मन्तव्यको क्रममा क्याम्पस प्रमुख श्री केशवराज शर्मा, पूर्व क्याम्पस प्रमुखहरु श्री सन्तोषलाल श्रेष्ठ र श्री शंभु रत्न मुनन्कमी, प्रमुख अतिथी एंव नेपाल प्राध्यापक संघका नवनिर्वाचित केन्द्रिय सभापति श्री रामेश्वर उपाध्याय र एकाइ समितिका सभापति श्री जीवनबहादुर थापाले प्राध्यापकहरुको पेशागत हकहित, समस्या र त्रि.वि.को वर्तमान अवस्था बारे सारगर्भित विचार व्यक्त गर्दै प्राथमिकताको आधारमा पेशागत हक हितको सुरक्षा तथा प्राध्यापकहरुको समस्या समाधान गर्न दवाव तथा प्रयत्न गर्ने वचनबद्धता प्रकट गर्नु भयो । केन्द्रिय सभापतिको स्वागत तथा भेटघाट कार्यक्रम एकाइ समितिको सचिव राजेश्वर उदयले संचालन गरेको कार्यक्रममा ५४ जना प्राध्यापकहरुको सहभागिता रहेको थियो ।   

Posted by Butwalonline on 12:00 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्राध्यापक संघ त्रिभुवन बहुमुखी क्याम्पस एकाइद्धारा स्वागत कार्यक्रम "

Leave a reply