|

कर्मचारीबीच भएको विवादले पाल्पाको रेडियो पश्चिमाञ्चल बन्द

पाल्पा मंसिर १४ - रेडियोका कर्मचारीबीचको विवादका कारण पाल्पाको रेडियो पश्चिमाञ्चल बन्द भएको छ । विवादले झडपको रुप लिएपछि प्रहरीले हस्तक्षेप गरि रेडियोमा ताला लगाइदिएको छ । ताला लागेपछि रेडियोको प्रसारण बन्द भएका छन् ।

एकीकृत नेकपा माओवादीले चलाएको रेडियो पार्टी विभाजन भएपछि एकीकृत र नेकपा माओवादी दुवैले आफ्नो भएको दावी गदै आएका थिए । दुबै पक्षका सञ्चालकले आ आफ्ना पक्षका कर्मचारीलाई काम गर्न निर्देशन दिएपछि दुबै पक्षबीच हात हालाहालको अवस्था आएकाले हस्तक्षेप र्गनुपरेको पाल्पाका डीएसपी स्थानेश्वर रेग्मीले जानकारी दिनुभयो ।
स्रोत :ऑनलाइन खबर

Posted by Butwalonline on 7:05 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कर्मचारीबीच भएको विवादले पाल्पाको रेडियो पश्चिमाञ्चल बन्द"

Leave a reply