कुकुरले गणितको कुनै पनि हिसावको परिणाम भुकेर दिने
मंसिर ३ । एउटा रमाईलो प्रसङ । चीनमा एक कुकुरले गणितको कुनै पनि हिसावको परिणाम भुकेर दिने गरेको छ । दक्षिणी चीनको ग्वाङडोङ प्रान्तका एक ब्यक्तिले आफनो पाल्तु कुकुरले गणितको जोड घटाउ, गुणन लगायतका परिणाम भुकेर दिने गरेको दावी गरेका छन् । तीन बर्षे कुकुरले मालिकले साधेको कुनै पनि प्रकारको अंकगणितको परिणाम जति आउँछ उतिनै चोटी भुकेर दिने गरेका छन् । कुकुर मालिकले मात्रै नभई अरु व्यक्तिले दिएको अंकगणितको हिसावको परिणाम पनि भुकेर नै दिने गरेको छ । उक्त कुकुरलाई देश विदेश घुमाई आर्थिक संकलन गर्ने तयारी मालिकको छ ।स्रोत :इमेज च्यानल