|

अन्तराष्ट्रिय अर्घाखाँची संपर्क मन्च गठनका लागि सम्पर्कमा आउन अनुरोध


अर्घाखाँची जिल्ला बाट रोजगारका लागि बिदेशिन वाध्य भएका हामी सबैको दैनिक हाल खबरलाई आफन्तजनहरु सम्म पुराउने उदेस्यले र सो ठाउँमा आईपर्ने समस्याहरुलाई सजिलै समाधानका लागि जिम्मेवार प्रतिनिधिको आवश्यकता पर्ने हुनाले हामी सबैको खाचोलाई सहयोग पुग्ने हिसाबले अर्घेलीहरुको बिचारलाई एकगरी अन्तरास्ट्रिय अर्घाखाँची सम्पर्क मंचको स्थापना गरी त्यसै मार्फत अघी बड्न साथीहरुको पहलमा अब तुरुन्त तदर्थ समिति गठन गर्न गैरहेको हुँदा सबै देश-बिदेशमा रहेका सम्पूर्ण अर्घाखाँची जिल्लासग सम्बधित सँगसस्था हरुलाई आ-आफ्नो देश तथा शहरबाट आफ्नो प्रतिनिधि हरुको नाम दिनको लागि अनुरोध गरिन्छ ।

हुनत अन्तरास्ट्रिय अर्घाखाँची सम्पर्क मंच जस्तो सामाजिक अनी बिशाल संगठन को सुरुवात गर्न निकै गार्हो छ । तर पनि थोपा थोपाले समुन्द्र बन्छ भने झै हामी पनि एकएक गरेर मिल्दै गएमा पक्का पनि सफल हुने
छौ ।

अर्घाखाँची सम्पर्क समिति यूएई तथा चिलीमा रहनु भएका अर्घेली युवा डिल्ली राज घिमिरेको पहलमा यो कार्य सुरु भएता पनि हामी सबै अर्घाखाँची सन्जाल जस्तो : अर्घाखाँची प्रबासी समाज बहराइन्, ओमान,अर्घाखाँची संपर्क समिति यूएई,अर्घाखाँची सेवा समाज कतार, साउदी अरब,मलेसिया,यूके, स्पेन, जापान,चिली,कोरिया,बेल्जियम ,यू एस् ए, स्कोट ल्यान्ड, अस्ट्रेलिया, स्वीडेन,ईटली,ईरान,ईजराइल,अफगानिस्तान ,भारत लगायतका करीब २२ वटा मुलुकमा रहेका अर्घेलीसग हामी संपर्कमा आएका जानकारी गराउछौ ।

हामी सबै मिलेर गयौ भने पक्का पनि हामी जिल्ला र् अर्घेलीहरुको दु:ख मा साथ दिन सक्ने काम गर्न सक्छौ । त्यसैले हामी सबै मिलेर छिटो भन्दा छिटो तदर्थ समिति गठन गर्नु पर्ने छ । सो कार्यमा सहयोग गर्नु हुन अनुरोध गरिन्छ। यो एक सामाजिक सस्था हो । जस्ले पनि सहयोग जहाँ बाट भए पनि सहयोग गर्दा हुन्छ ।

अर्घेलीहरुको दु:ख मा साथ दिन सक्ने काम गर्न सक्छौ । त्यसैले हामी सबैले मान सम्मान नखोजी सामाजिक सस्थामा हाते मालो गरी आ-आफ्नो मुलुक र शहरको प्रतिनिधि बनाइदहयोग गर्नु हुन अनुरोध गर्दछौ । यदी आफ्नो ठाउँमा कुनै अर्घाखाँचीबासी नभएको खन्डमा आफ्नो सम्पर्क ईमेल आइडि वा फोन नम्बर उल्लेख गरी सहभागी हुन अनुरोध गर्दछौ ।

internationalarghakhanchi@gmail.com
राजु खड्का/ डिल्ली राज घिमिरे

Posted by Butwalonline on 8:07 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अन्तराष्ट्रिय अर्घाखाँची संपर्क मन्च गठनका लागि सम्पर्कमा आउन अनुरोध "

Leave a reply