कम्पनी मालिक फरार भएपछी यूएईमा नेपाली कामदार अलपत्र
उमाकान्त पाण्डे गाउले,असोज २१ ,दुबइ - कम्पनी मालिक फरार भएपछी यूएईको एक कम्पनीमा कार्यरत नेपाली कामदार अलपत्र परेका छन । यूएईको रसअलखेमा राज्यको अल साब्री स्टिल वर्क नामक कम्पनीमा कार्यरत नेपालीहरु अलपत्र परेका हुन ।
अलपत्र पर्नेमा अर्घाखाँचीका चिरन्जिवी कुवर,ईलामका मादव दाहाल तथा झापाका वेद प्रशाद तिमील्सिना र दिपक आचार्य छन ।
कम्पनी मालिक कारण बस जेलमा परेको समय कामदारको राहदानी जमानतमा राखी निस्किएर भागेकोले कम्पनीमा कार्यरत नेपाली अलपत्र परेका हुन । मालिकनै जेलमा परे पछी निकाल्नका लागि आफ्ना राहदानी जमानतमा राख्न हस्ताक्षर गरी दिएका नेपालीहरुले अहिले सम्म राहदानी पाएका छैनन । राहदानी नभएपछी नेपाल फिर्ता पनि पठाउन नसकिएको संघसस्थाले जनाएका छन ।
यूएईका लागि नेपाली राजदुतावास आबुधाबीमा लिखित रुपमा मार्च महिनामै यस् बारे जानकारी गराएको हो । दुई महिना सम्म पहल नभएको भन्दै पुनह पत्र मार्फत सम्झना गराइएको थियो अलपत्र मध्येका अर्घाखाँची डिभर्नाका चिरन्जिबी कुवरले भने । 'मालिक लाई छुटाउन पाए आफ्नो सेवा सुबिधा पाइन्थ्यौ कि भनेर राहदानी बुझाउन सहमती जनायौ,अहिले आफै अलपत्र परीयो, कुवरले भने ।
" ३ महिना अघी दुतावासका कर्मचारीको टोली आएर हामीलाई यूएई दिराम्स २ सय दिनु भएको थियो । अन्य सहयोग कतै बाट आएको छैन। हामीलाई सहयोग गरी जसरी हुन्छ नेपाल पठाइदिनुस " पीडित हरुले एकै स्वरमा भने ।
यस् बारेमा नेपाली समाज यूएई तथा अन्य संघसस्था एवम एनआरएनले पनि बिभिन्न कार्यक्रममा आवाज उठाएको हुन,तर ठोस सहयोग हुन सकेको छैन अर्घाखाँची सम्पर्क समितिका अध्यक्ष राजु खड्काले भने । पीडितले अर्घाखाँची संपर्क समितिलाई सुरुमा निवेदन दिएको आधारमा समस्याका बारे छलफल गरिएको भए पनि प्रशाशनिक एवम कानुनी तरिकाले दुतावासले सहयोग गर्ने आशामा आफुहरु रहेको पीडितले बताए । यस् घटनालाई गम्भिर रुपमा लीई सक्दो छिट्टो कानुनी प्रकृया बाट समाधान गरी उद्दार गर्न यसै सामाचार मार्फत अर्घाखाँची सम्पर्क समिति यूएईले दुतावासलाई अनुरोध गरेको छ । आबश्यक परेमा समितिले जुनसुकै सहयोग गर्न पनि तयार रहेको समितिका अध्यक्ष राजु खड्काले बताएका छन ।
दुतावासको टोली र पीडित नेपाली यहाँको स्थानिय प्रशासनमा पुगी कारबाहीका लागि माग समेत गरेको छ । यधपी प्रशासनले पनि फरार मालिक लाई खोजीरहेको र खोजी कार्यमा सहयोग गर्न भनेको र हालसम्म पनि पत्तो नलागेकोले कामदार झन चिन्तित बनेका छन ।
'काम नगरेको पनि ८ महिना भयो, काम नपाएपछी तलब पनि नहुने मालिक फरार छ , खान बस्न समस्या परेको छ कहिले सम्म यसरी बस्ने ' पीडित झापाका वेदप्रशाद तिमील्सिनाले भने ।
