|

चाडपर्वमा घरजान चाहने धेरै नेपालीले हवाइ टिकट पाएनन


उमाकान्त पाण्डे गाउले,आबुधाबी - यूएई - चाडपर्वको मौका छोपेर खाडीबाट बिदामा घर जाने नेपाली कामदारले हवाई टिकट पाएका छैनन । घर जाने कामदारको चापको आधारमा खाडीमा उड्ने विमानले हवाई टिकट उपलब्ध गराउन नसक्दा टिकटको अभाव हुन थालेको हो । विमानहरूले फुल सिट राखेर टिकटहरू बिक्री गरिसकेको ट्राभल एजेन्सीहरूले जनाएका छन् ।

"दसैंका लागि भनेर बिदा मिलाएर घर जान खोजेको थिएँ, टिकट नपाएर तनाव भइरहेको छ," अर्घाखाँची बल्कोट का मोतीलाल भुसालले भने, "घर जसरी पनि पुग्नु छ , बाबाको बर्षदिनको तिथी छ , यता टिकट छैन ।"

यसबेला टिकटको अभाव हुने भनेर घर जाने समय निश्चित भइसकेकाहरूले पहिले नै खरिद गर्नेलाई मात्रै राहत भएको छ । त्यसरी निश्चित हुनेले दुई महिनाअघि नै टिकट बुकिङ गरेर लिएका हुन् । यो बेला सबै विमान कम्पनीले उच्च भाडादर लिएका छन् । त्यस्तो भाडादर कतारमा २२ सय रियाल तथा दुबइमा १७ सय धिराम्स सम्म लिएको पाइएको छ ।

ट्राभल एजेन्सीहरूका अनुसारमा सबै एयरलाइन्सको सिस्टममा अधिकांश जहाजको सिट फुल भइसकेको छ । सबैभन्दा बढी कामदार रहेको कतारमा नेपाल एयरलाइन्सले दसैंको चापलाई मध्यनजर गरी थप दुई उडान थपेको छ । सातामा दुई उडान भर्दै  उसले अक्टोबर १२ देखि दुई उडान भर्ने जनाइएको छ ।

ट्राभल एजेन्सीका संचालक समेत रहेका अर्घाखाँचीका कृष्ण भुसालले सिस्टममा नेपालमा जाने सबै जहाज भरिएको देखाउन थालेको बताए । "हामीमा टिकटका लागि धेरैको फोन आउने गरेको छ," उनले भने, "सिट नभएपछि फर्काउनै पर्छ ,तर अहिले सम्म त्यती फर्काएका छैनौ ।

यो पटक दसैंतिहार मुस्लिमको इद र पर्यटकीय सिजन एकैपटक भएकाले झन् टिकटको अभाव भएको ट्राभल व्यवसायीले बताएका छन ।

सिजन भएकाले हवाई भाडादर पनि निकै महँगो परेको छ । कतारबाट कतार एयरवेजले दैनिक चार उडान भर्ने गरेको छ । नेपाल उड्ने कतार एयरवेजले पश्चिमी मुलुकबाट आएका नेपाली र पर्यटकलाई पहिलो रोजाइमा पारेको छ । त्यसपछि मात्रै कतारमा कार्यरत कामदारको पालो आउने भएको छ ।

" यूएईबाट फ्लाई दुबई, इत्तिहात, राक एयरवेजले दैनिक एक र एयर अरेबियाले दुई उडान भर्ने गरेका छन् । यो साउदी, इराक र अफगानिस्तानमा काम गर्ने नेपालीको ट्रान्जिट हो । त्यस्तै, ओमन र बहराइनले एक एक उडान भर्छ । ओमन कुवेतमा काम गर्ने नेपालीको ट्रान्जिट हो ।

"खाडीका सबै मुलुकमा नेपालीको चाप निकै छ । त्यो चापलाई थेग्न सक्ने विमान छैन," गैरआवसिय नेपाली संघका खाडी संयोजक नरेन्द्र भाटले भने, "चाडपर्वमा घर जान चाहने धेरै नेपाली घर जानबाट वञ्चित भएका छन् ।"

 कतीपय नेपाली हरु नेपालका लागि सिधा उडानमा जान नपाए पछी भारतको बाटो हुँदै जानलागेको अर्घाखाँची समपर्क समिति यूएईका अध्यक्ष राजु खड्काले जानकारी दिए ।

Posted by Butwalonline on 8:13 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चाडपर्वमा घरजान चाहने धेरै नेपालीले हवाइ टिकट पाएनन"

Leave a reply