ब्लड क्यान्सरका कारण मृत्युभएका रानाका परिवारलाई आर्थिक सहयोग
उमाकान्त पाण्डे गाउले,दुबइ-ब्लड क्यान्सरका कारण मृत्युभएका नेपालीको परिवारलाई युएईबाट आर्थिक सहयोग गरिएको छ । दुबइमा रहेको अलसाया कम्पनीमा कार्यरत स्यांगजा वालिंग का पूर्ण रानाको गएको अगस्टमा अल रसीद अस्पतालमा ब्लड क्यान्सरका कारण मृत्यु भएको हो ।
मृत्यु भएका रानाको परिवारलाई आर्थिक सहयोग स्वरुप करिब नेपाली रूपैयाँ दुईलाख प्रदान गरिएको छ । यूएईमा कार्यरत विभिन्न संघसस्थाका व्यक्ति समाजसेवी सहयोगमा उनका परिवारकालागि आर्थिक सहयोग जुटाइएको हो ।
सहयोग जुटाउने क्रममा अलसाय ग्रुप अफ कम्पनीका जेनेरल म्यानेजर ललित गिरीले रानाकी श्रीमति विष्णु आले रानाको नाममा हिमालय रेमिट मार्फत नेपाली रूपैयाँ करिब ७५ हजार प्रदान गरेका हुन ।
अलसाय ग्रुप अन्तरगत बिभिन्न बिभागमा कार्यरत नेपाली,भारतिय,श्रीलंकन र फिलिपिन्सका नागरिकको सहयोग बाट सकलित रकम रानाको परिवारलाई दिएको गिरीले दिए ।
यहाँ रहेका बिभिन्न संघसंस्था, समाजसेवीको सहयोगमा संकलन गरिएको नेपाली रूपैयां १ लाख,रानाकी छोरीको नाममा वालिंगको गरिमा विकास बैंकखातामा जम्मा गरिदिएको गैर आवासीय नेपाली संघ यूएईका अध्यक्ष चन्द्रबहादुर रोकाहाले जानकारी दिएका छन् । ब्लड क्यान्सरको उपचार गराइरहेका बेला धरान दुबई हेल्पिंङ हैण्डसले यूएई दिराम्श १ हजार ६८ सहयोग प्रदान गरेको हेल्पिंङ हैण्डसका अध्यक्ष सोम तामांगले जानकारी दिएका छन ।
उनको उपचारकालागि कम्पनीको तर्फबाट इन्स्युरेन्सको व्यवस्था नभए पनि अस्पतालको सम्पूर्ण खर्च कम्पनीलेनै ब्यहोरेको तथा यहाँ स्थित बिभिन्न संघसस्थाले पनि सक्दो सहयोग गरेको समाजसेवी एवम युवा व्यवसायी बिदुर रावतले अर्घाखाँची डट्कम् लाइ बताए ।
पाँच वर्षदेखि यहाँ कार्यरत राना ब्लड क्यान्सर बाट पीडित भएर उपचार गराइरहेका थिए । निको हुँदै गएको ठानेर उनी बिदा मनाउन नेपाल नेपाल गएका थिए । घरपरिवार सग बसेर धेरै सपना बोकेर रोजीरोटीका लागि खाडी मुलुक यूएई आएका उनको गत अगस्ट २५ मा निधन भएको थियो ।