|

झारफुकको बहानामा झाँक्रीद्वारा छात्रा बलात्कृत

वीरगन्ज, कार्तिक २ - रोग निको पार्न झारफुक गर्ने बहानामा १२ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक झाँक्रीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।

पक्राउ पर्नेमा पर्सा ठोरी गाविस–१ का ५४ वर्षीय सन्तबहादुर थापामगर रहेको प्रहरीले जनाएको छ ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय भवानीपुरमा कक्षा ६ मा अध्ययनरत एक छात्रालाई छारेरोग लागेको र त्यसलाई निको पार्न झारफुक गर्नुपर्ने भन्दै झाँक्री थापामगरले आफू डेरा गरी बसेको कोठामा लगेर ती बालिकालाई बलात्कार गरेको उजुरी प्रहरीमा परेको थियो ।

झारफुकका क्रममा ती बालिकालाई नग्न पारी बलात्कार गरेको आरोपसहितको उजुरी स्थानीय पारालिगल कमिटीका मीना गिरीले दिएका थिए । यसै उजुरीका आधारमा प्रहरीले झाँक्री थापामगरलाई पक्राउ गरी सोधपूछ गर्दा उनले बलात्कार गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा उपचार भइरहेको र तिनको स्वास्थ्यस्थितिमा सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

यसै क्रममा झारफुकको बहानामा छात्रालाई बलात्कार गर्ने झाँक्री विरुद्ध कडा कारबाही गर्न विद्यालय परिवारले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
स्रोत :कांतिपुर


Posted by Butwalonline on 8:25 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "झारफुकको बहानामा झाँक्रीद्वारा छात्रा बलात्कृत "

Leave a reply