|

दशैंको चहलपहलसंगै केराको मागमा बृद्धि


किरणमान बजा्रचार्य,कपिलवस्तु, २ कार्तिक-दशैंको चहलपहलसंगै केराको माग बढेको छ । घटस्थापनाका बेला ब्रत बस्ने र पुजाआजा गर्नेहरु बढी हुने हुदा केराको माग दोब्बर भएको हो ।

सदरमुकाम तौलिहबामा फलफुल बेच्ने थोक ब्यवसायीहरु अहिले केराको माग बढे पछि ब्यापारले गति लिदा उत्साहित छन् । उनीहरुलाई अहिले केरा बेच्ने चटारो छ । माग बढेको उनीहरुले भारतबाट केरा किनेर ल्याउने गरेका छन्  । पहिले दैनिक २० क्बिण्टल आसपास केरा बिक्री हुन्थ्यो भने अहिले दैनिक ३५ क्बिण्टल बढी बिक्री पुगेको इर्फान फलफुल भण्डारका रईस मन्सुरीले बताए ।

पहिले सातामा एक पटक ट्रकमा केरा आउदथ्यो भने अहिले दुई पटक ल्याउन लागिएको छ । अहिले सातामा सजिलै ३० मेट्रिक टन बिक्री हुन्छ उनले भने । माग बढी आईरहेकाले अझै बढला जस्तो छ, जति बढे पनि पुर्‍याउने किसिमले प्रबन्ध मिलाएका छौं उनले भने । यिनले भारतको बिहारबाट केरा ल्याई बिक्री गरिरहेका छन् । ब्यापारीका एक जना प्रतिनिधी केरा धनीलाई पैसा बुझए पछि बिहारबाट केरा लिएर गाडी हिडने गर्दछ ।

उता सदरमुकामको मुस्कान फलफुल भण्डारका ब्यवसायी समुउल्लाह कुजडालाई पनि केरा बिक्रीको भ्याई नभ्याई छ । उनले अहिले दैनिक २५ क्बिण्टल बढी केरा बिक्री गरिरहेका छन् । पहिले उनले दैनिक १०/१२ क्बिण्टल केरा बिक्री गर्दै आईरहेकामा दशैं लागे पछि बिक्री दोब्बर बढी पुगेको उनले बताए । यीनले पनि भारतको आनन्दनगरबाट केरा ल्याई यहा बिक्री बितरण गर्दै आएका छन् । यहा बासुडी, भुसाबल र नौगडिया जातका केराहरु बिक्री बितरण हुदै आएका छन् । घटस्थापनाका बेला धेरै जना ब्रत बस्ने र पुजाआजा गर्ने हुनाले शुद्ध मानिने फलका रुपमा रहेको केरा बढी प्रयोग हुने पंडित ठंडा प्रसाद पराजुलीले बताए । उनले पुजाआजामा पनि भगबानलाई फलका रुपमा केरा नै चढाईने हुदा पनि केराको माग बढेको बताए । केरामा माग बढे पनि मुल्य भने खासै बढेको छैन् । अहिले यहा प्रति किलो केरा २० देखि २५ रुपैया रहेको छ ।

Posted by Butwalonline on 7:25 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दशैंको चहलपहलसंगै केराको मागमा बृद्धि "

Leave a reply